'बिरामी र कुरुवा' एकाङ्कीमा मृत्युचिन्तन

Authors

  • Radhika Devi Guragain

DOI:

https://doi.org/10.3126/vangmaya.v20i01.68203

Keywords:

अद्वैतभाव, आत्मज्ञान, भय, मुक्ति, शाश्वत सत्य

Abstract

प्रस्तुत लेखमा ‘बिरामी र कुरुवा’ एकाङ्कीमा समले मृत्युका सम्बन्धमा अभिव्यक्त गरेका विचारबारे विमर्श गरिएको छ । मानिस मृत्युसँग किन भयभीत हुन्छ, यसको कारण के हो र वास्तवमा मृत्युको शाश्वत सत्य के हो, यसबाट कसरी मुक्ति र आनन्द प्राप्त गर्न सकिन्छ भन्ने तथ्यको खोज विश्लेषण गर्नु यस लेखको उद्देश्य हो । यसमा मृत्युचिन्तनका आधारमा ‘बिरामी र कुरुवा’ एकाङ्कीको अध्ययनका लागि वैदिक दर्शनअन्तर्गतका वेद, उपनिषद्, गीता र षड्दर्शनमा पाइने मृत्युचिन्तनसँग सम्बद्ध मान्यतालाई सैद्धान्तिक अवधारणा बनाई पाठगत विश्लेषण गरिएको छ । यसक्रममा मृत्युभय र मृत्युबोध दुई पक्षबाट मृत्युचिन्तनको विवेचना र मूल्याङ्कन गरिएको छ । यस लेखमा पात्रले व्यक्त गरेका विचार, संवाद र प्रतिक्रियालाई साक्ष्य बनाइएको छ । यस लेखमा ‘बिरामी र कुरुवा’ एकाङ्कीमा अभिव्यक्त मृत्युचिन्तन वैदिक दर्शनमा आधारित छ, यसमा मृत्युलाई दुःखबाट मुक्तिको अवस्था, ब्रह्ममा लय भएको अवस्था, परमानन्दको अवस्था भनिएको छ र उक्त अवस्थामा पुग्ने मार्ग अद्वैतभावको मार्ग भएको निष्कर्ष निकालिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
26
PDF
16

Downloads

Published

2024-08-06

How to Cite

Guragain , R. D. (2024). ’बिरामी र कुरुवा’ एकाङ्कीमा मृत्युचिन्तन . Vangmaya वाङ्मय, 20(01), 55–62. https://doi.org/10.3126/vangmaya.v20i01.68203

Issue

Section

Articles