'भोग' कथामा वर्गीय चेतना

Authors

  • Babu Ram Ojha

DOI:

https://doi.org/10.3126/vangmaya.v20i01.68202

Keywords:

पुँजीवाद, वर्गशोषण, वर्गसङ्घर्ष, वर्गीय चेतना, सामन्तवाद

Abstract

प्रस्तुत लेखमा विवश वस्तीद्वारा लिखित ‘भोग’ कथाभित्र रहेको वर्गीय चेतनाको विश्लेषण गरिएको छ । सामाजिक निर्मितिको एउटा अङ्गका रूपमा रहेको वर्ग र यसको विश्लेषण माक्र्सवादी साहित्य चिन्तनको स्थापित मान्यता हो । यस मान्यताका आधारमा साहित्यको अध्ययन गर्दा साहित्यमा चित्रित समाजमा रहेका वर्ग र तिनका गतिविधि तथा वर्गीय सम्बन्धको विश्लेषण गरिन्छ । यो आलेख तयार पार्नका लागि सामग्रीसङ्कलन गर्न मूलतः पुस्तकालयीय विधिको प्रयोग गरिएको छ र सामग्री विश्लेषणमा निगमन विधिको प्रयोग गरिएको छ । कथामा रहेका पात्रको वर्गचेतनाका आधारमा विश्लेषण गरिएको हुनाले यहाँ प्रस्तुतीकरणमा पाठविश्लेषण विधि अवलम्बन गरिएको छ । यहाँ वर्गसम्बन्धी माक्र्सवादी सैद्धान्तिक मानकका आधारमा ‘भोग’ कथामा रहेको वर्गीय चेतनाको विश्लेषण गरिएको छ । ‘भोग’ कथामा रहेका उच्च र निम्न दुवै वर्ग आआफ्नो वर्गीय पक्षको बचाउ र अधिकारको संरक्षणमा लागिपरेका छन् । यहाँ उच्चवर्गले आफ्नो सामन्ती वैभव र आर्थिक शक्तिका कारण निम्नवर्गमाथि चरम शोषण गरेको छ र निम्नवर्गले आपूmमाथि भएको शोषणका विरुद्ध सशक्त सङ्घर्ष गरेको छ । प्रस्तुत कथा सर्वहारा वर्गको वर्गीय चेतना सशक्त र सुदृढ रहेको निष्कर्ष यहाँ निकालिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
192
PDF
44

Downloads

Published

2024-08-06

How to Cite

Ojha, B. R. (2024). ’भोग’ कथामा वर्गीय चेतना . Vangmaya वाङ्मय, 20(01), 63–72. https://doi.org/10.3126/vangmaya.v20i01.68202

Issue

Section

Articles