उत्तरवर्ती चरणका नेपाली कवितामा चित्‌वैषम्य

Authors

  • Gyanu Adhikari

DOI:

https://doi.org/10.3126/vangmaya.v20i01.68177

Abstract

प्रस्तुत आलेखमा उत्तरवर्ती चरणमा लेखिएका केही प्रतिनिधिमूलक नेपाली कवितालाई पाठका रूपमा लिई ती कविताहरूमा प्रयुक्त चिद्वैषम्यका विभिन्न पक्षहरूको विश्लेषण र मूल्याङ्कन गरिएको छ । यस क्रममा पुस्तकालयबाट सामग्री सङ्कलन गरी उत्तरवर्ती चरणमा लेखिएका कविताहरूको सामान्य सर्वेक्षण गरिएको छ र चिद्वैषम्यको प्रयोग गरिएका कवितालाई मात्र यहाँ चयन गरिएको छ । यस लेखमा व्याख्यात्मक एवम् विश्लेषण विधिको प्रयोग गरी कविताहरूमा प्रयुक्त चिद्वैषम्यको निरूपण गरिएको छ । यहाँ जेनिफर बेट्सले व्याख्या गरेको चिद्वैषम्यको अवधारणालाई आधार बनाएर कवितामा प्रयुक्त चिद्वैषम्यको व्याख्या–विश्लेषण गरिएको छ । मूलतः मनोविज्ञान, मनोचिकित्सा र स्नायुविज्ञानबाट सर्वप्रथम चिद्वैषम्यको अध्ययन प्रारम्भ भएको हो र यो अध्ययनको शाखा अहिले साहित्यमा पनि बलियोसँग झाँगिएको छ । साहित्यमा अक्षर, ध्वनि, शब्द, दृश्य, रङ्ग र अनुभूतिलाई तिनले दिने विपरीत  अर्थसँग जोडेर अप्रकटित कुरा खोज्नु नै चिद्वैषम्यको अवधारणा हो । यस अध्ययनबाट उत्तरवर्ती चरणमा लेखिएका नेपाली कविताहरूमा इन्द्रियजन्य विपरीत संवेदनाहरूको संयोजनबाट निर्मित चिद्वैषम्यको प्रयोग भएको र यसले उत्तरवर्ती नेपाली कविता भाव वा विचारका दृष्टिले मात्र नभई शिल्पशैली र कलात्मकताका दृष्टिले पनि सौन्दर्ययुक्त बनेको र कविताको कथ्यमा प्रभावकारिताका साथै विशेष र अर्थपूर्ण बनाएको निष्कर्ष निकालिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
55
PDF
35

Downloads

Published

2024-08-06

How to Cite

Adhikari, G. (2024). उत्तरवर्ती चरणका नेपाली कवितामा चित्‌वैषम्य . Vangmaya वाङ्मय, 20(01), 84–94. https://doi.org/10.3126/vangmaya.v20i01.68177

Issue

Section

Articles