नेपाली साहित्येतिहासमा अतीतबोध
DOI:
https://doi.org/10.3126/vangmaya.v19i01.59246Keywords:
अतीतचेतना, अतीतमूल्य, धनात्मक र ऋणात्मक गति, निरन्तरता र नवोन्मेषAbstract
प्रस्तुत लेखमा नेपाली साहित्येतिहासमा अतीतबोध विषयक विमर्श गरिएको छ । साहित्येतिहास मानव सभ्यताको उद्भवदेखि वर्तमानसम्मका समग्र कलात्मक अभिव्यक्तिमध्ये भाषाका माध्यमबाट व्यक्त हुने कलासौन्दर्यसँग मानवीय सब्घर्षका इतिहासको अन्तद्र्वन्द्वात्मक सम्बन्धको विश्लेषण र मूल्याब्कन हो । यसको मूल सम्बन्ध अतीतसँग रहन्छ तथापि वर्तमानको स्मृति र भविष्यको मार्गचित्रसँग पनि उत्तिकै सम्बद्ध हुन्छ । मूलतः अतीतका घटना र तज्जन्य परिप्रेक्ष्यमा मानवीय चेतनाको निरन्तरता र नवोन्मेषलाई वर्तमानमा बसेर हेर्ने दृष्टिकोण नै अतीतबोध हो । यस लेखमा पुस्तकालयीय अध्ययनकार्यबाट साहित्येतिहासमा अतीतबोधसम्बद्ध अवधारणा सब्कलन गरी नेपाली साहित्येतिहासका सन्दर्भमा त्यसको विमर्श गरिएको छ । यसरी विश्लेषण गर्दा अतीतचेतना, निरन्तरता र नवोन्मेष, धनात्मक र ऋणात्मक गति एवं अतीतमूल्य गरी चारवटा मानदण्ड निर्धारण गरी गरिएको यस विमर्शबाट अतीतबोध साहित्येतिहासको आधारदर्शन भएकाले ऐतिहासिक तथ्य÷घटनाको मूल्यबोध गर्न, नेपाली साहित्येतिहासका प्रवृत्तिको निरन्तरता र नवोन्मेषलाई तर्कसब्गत रूपमा बोध गरी तिनका धनात्मक र ऋणात्मक गतिले पारेका प्रभावको आकलन गर्न तथा समग्रमा वर्तमानबोध एवं भविष्यबोधलाई समेत तथ्यपरक, तर्कसब्गत र विश्वसनीय बनाउने अतीतमूल्य ठम्याई त्यसको अनुप्रयोग गर्न यसको अपरिहार्य आवश्यकता रहेको निष्कर्ष प्राप्त भएको छ । साहित्यिक घटना, स्रष्टा, कृति तथा तिनका विशेषताको समुचित विश्लेषण र मूल्याब्कन गरी युगानुकूल साहित्यिक प्रवृत्तिहरूको पहिचान र निर्धारणमा अतीतबोधको प्रभावकारी उपयोग हुने भएकाले प्रस्तुत लेखबाट प्राप्त निष्कर्ष प्राज्ञिक दृष्टिले उपयोगी र औचित्यपूर्ण रहेको छ ।