ध्रुव नाटकमा प्रभुत्व, प्रतिरोध र प्रतिप्रभुत्व
DOI:
https://doi.org/10.3126/vangmaya.v19i01.59244Keywords:
दमन, बुद्धिजीवी, सत्यनिष्ठ, सहमति, सीमान्तकृतAbstract
प्रस्तुत अध्ययनमा बालकृष्ण समको पौराणिक कथावस्तुमा आधारित 'ध्रुव’ नाटकमा प्रभुत्व, प्रतिरोध र प्रतिप्रभुत्वको अवस्था ठम्याइएको छ । एन्टोनियो ग्राम्सीको प्रभुत्वसम्बन्धी अवधारणाका आधारमा 'ध्रुव’ नाटकका चरित्रहरूलाई केलाई अहिंसात्मक किसिमले सहमतीय आधारमा तिनमा भएको न्यायिक परिवर्तनलाई यस आलेखले आफ्नो अध्ययनको विषय बनाएको छ । उक्त नाटकका नायक ध्रुवले दमित र अपहेलित अवस्थाबाट मुक्ति पाउन केकस्तो प्रतिरोध एवं पराभौतिक अभ्यास गरी प्रभुत्वशाली अवस्थामा पुगेर आफ्नो उद्देश्यमा सफल भए भन्ने कुरा देखाउनु यस आलेखको उद्देश्य हो । कसैलाई क्षति नपु¥याई सत्यनिष्ठ भएर वैयक्तिक प्रयास र आध्यात्मिक साधनाबाट शक्ति आर्जन गर्न सकिन्छ र उत्पीडित स्थितिबाट प्रभुत्वशाली अवस्थामा पुग्न सकिन्छ भन्नु यस नाटकको प्राप्ति हो । पौराणिक कथावस्तु भए पनि आधुनिक सिद्धान्तका सापेक्षतामा हेर्दा अहिंसा, शान्ति, सत्यनिष्ठा, शिष्ट विद्रोह र निरन्तर प्रयासले पनि शक्ति आर्जन गर्न सकिन्छ भन्ने कुरा जे जसरी देखाइएको छ, त्यो वर्तमान समाजका लागि समेत मार्गदर्शक छ भन्नु 'ध्रुव’ नाटकको निष्कर्ष हो र सोही निष्कर्षको पुष्टि यस आलेखमा गरिएको छ । यसमा गुणात्मक अनुसन्धान ढाँचा र पाठविश्लेषण विधिको अवलम्बन गरी सामग्री–विश्लेषण गरिएको छ ।