भाषा र वाक् भाषिक सिद्धान्त साहित्य विश्लेषणको आधार {Language and Speech Theory: The Basis of Literary Analysis}

Authors

  • सुकुम Sukum शर्मा Sharma

DOI:

https://doi.org/10.3126/vangmaya.v18i1.47151

Keywords:

कथ्य र लेख्य रूप, बाह्य संरचना, आन्तिरिक संरचना, साहित्यिकता र रचना, literariness and composition, internal structure, external structure, spoken and written form

Abstract

ससुरका भाषासम्बन्धी मान्यता भाषा ( Langue ) र वाक् (Parole) का केन्द्रमा रही यस लेखमा साहित्यको अध्ययन, विश्लेषणको एक आधार वा पद्धति निर्माण गरिएको छ । ससुरको मान्यता सामाजिक पक्ष भाषा र वैयक्तिक प्रयोगबोली भन्ने रहेको छ । यस आधारमा रहेर साहित्य सिर्जना या चिन्तनका विश्लेषणका क्रममा सामाजिक पक्ष र  वैयक्तिक पक्षको खोजी गरिएको छ । यसमा भाषालाई सामाजिक पक्ष र बोली वैयक्तिक पक्षका आधारबाट भाषिक व्याख्या गर्दा बनाइएका मान्यता साहित्यका सन्दर्भमा प्रयोग गरी साहित्य सिर्जनाको दार्शनिक आधार र विश्लेषणको स्पष्ट खाका कोरिएको छ । भाषा समाजको आधारभित्र रहेर बोलीका रूपमा मूर्त हुन्छ भन्ने मान्यताबाट आन्तरिक र बाह्य संरचनाको चिन्तनगत परम्परा विकास भएको छ र यो मान्यता साहित्य सिर्जनामा पनि देखिन्छ भन्ने निष्कर्ष यस अध्ययनमा आएको छ । भाषा र वाकको यही सामाजिक र वैयक्तिक पक्षको आधारमा रहेर साहित्यको मूल्यबोधको मार्ग निर्धारण गर्दा साहित्यको आधार पनि समाजसँग जोडिएको हुन्छ र साहित्यिकता समाजको साझा पक्ष हो भने रचना बोली जस्तै वैयक्तिक पक्षमा अर्थिने गर्दछ भन्ने मान्यता यस लेखमा प्रस्तावना गरिएको छ । भाषा र बोलीको सम्बन्धगत मान्यतासँग साहित्यको समाज र व्यक्तिसँगको उत्तरदायित्वको अर्थ नै यस लेखमा खोजी गरिएको विशेषपक्ष हो । यस लेखमा नमुना पद्धतिबाट सामग्री चयन गरिएको छ र विश्लेषणमा गुणात्मक अध्ययन पद्धति अवलम्बन गरिएको छ । यस क्रममा आफर कृतिको साहित्यिकता र रचनागत पक्षको मूल्यबोध गर्दै यस मान्यताको व्यावहारिक प्रयोग पनि यस लेखमा प्रस्तुत छ ।

{This article does a comparative study and analysis of literature focusing on the ideas of Ferdinand de Saussure, langue and parole. Saussure believed that the social aspect waste language and that the language of personal use was parole. The process of analyzing literary creation or thought has explored the social and individual aspects. It identifies the social function of language and interprets dialect based on individual aspects in the context of literature. It emphasizes that language is an abstract expression of a society that exists within a dialect. A contemplative tradition has developed around language's internal and external structure in this context. This study concluded that this concept is also seen in the creation of literature. Language and speech play an important role in determining the value of literature. Thus, the basis of literature is also connected to society. If this literature is a common element of society, it implies the individual element, such as composition and speech. This article explains how this relationship is accomplished. In this article, it is the meaning of the responsibility of literature towards society and individuality along with the related beliefs of language and dialect that are explored. This article was accumulated using the sampling method. The analysis in this article has been conducted using a qualitative method. In this article, the value of the literary and creative side of the work called the text Aaphar is emphasized. The practical application of this belief is also discussed.}

Downloads

Download data is not yet available.
Abstract
114
PDF
93

Downloads

Published

2022-08-08

How to Cite

शर्मा Sharma स. S. (2022). भाषा र वाक् भाषिक सिद्धान्त साहित्य विश्लेषणको आधार {Language and Speech Theory: The Basis of Literary Analysis}. Vangmaya वाङ्मय, 18(1), 109–118. https://doi.org/10.3126/vangmaya.v18i1.47151

Issue

Section

Articles