लोकवार्ताको अध्ययनक्षेत्र {The Area of Folklore Studies}

Authors

  • दुर्गाबहादुर Durgabahadur घर्ती Gharti

DOI:

https://doi.org/10.3126/vangmaya.v18i1.47084

Keywords:

मूर्त लोकवार्ता, अमूर्त लोकवार्ता, लोकविश्वास, प्रदर्शनात्मक कला, लोकमानस, performing art, folk psychology, folk belief, intangible folklore, tangible folklore

Abstract

बलम लोकवार्ता अहिले अध्ययनको एउटा महत्वपूर्ण विषयका रूपमा स्थापित भएको छ । यसको क्षेत्रअन्तर्गत लोकमा परम्परागत एवं मौखिक रूपमा प्रचलित कला, सिप र ज्ञानका यावत् कुराहरू पर्दछन् । लोकवार्ताको क्षेत्रलाई कतिपयले लोकसाहित्यमा मात्र सीमित गर्न खोजे पनि अहिले यो लोकसाहित्यका साथै लोकमानस, लोकसंस्कृति, लोककला, परम्परागत ज्ञान र सिपका सबै कुरा समेटिने विषय बनेको छ । त्यसैले यसका विषय विविध प्रकारका देखिन्छन् । लोकवार्ताका विषय, माध्यम र विधि भिन्न हुने भए पनि तिनका साझा विशेषताका आधारमा लोकवार्ताको वर्गीकरण गर्न सकिन्छ । यस विषयमा सङ्क्षेपमा वर्णन गरिएको पाइने भए पनि विस्तृत र गहन अध्ययन हुन सकेको पाइँदैन । त्यही रिक्तताको परिपूर्तिका लागि अध्ययन गर्नु यस लेखको मुख्य उद्देश्य हो । त्यसका लागि लोकवार्ता सिद्धान्तलाई आधार बनाइएको छ । पुस्तकालयीय कार्यद्वारा सामग्री सङ्कलन गरिएको छ र तिनको विश्लेषण व्याख्यात्मक एवं विवेचनात्मक विधिमा गरिएको छ । समाजका प्रचलित मूर्त र अमूर्त संस्कृति अन्तर्गत पर्ने सबै कुरा लोकवार्ताको अध्ययन क्षेत्रभित्र पर्दछन् । अमूर्त लोकवार्ता अन्तर्गत मौखिक लोकवार्ता, प्रदर्शनकारी लोककला, प्रथागत लोकवार्ता र भौतिक लोकवार्ता पर्दछन् र मूर्त लोकवार्तामा हस्तकला, वास्तुकला र भौतिक सामग्रीको निर्माण पर्दछन् भन्ने अध्ययनको निष्कर्ष रहेको छ ।

{Folklore has now been established itself as an important subject of study. Its scope includes all traditional and oral art, skills, and knowledge. Although some have tried to limit the field of folklore to folk literature, it has now become a subject of folklore as well as folk literature, folk psychology, folk culture, folk art, traditional knowledge, and skills. So there is a variety of its subject matter. Although this subject is briefly described, no detailed and in-depth study has been done. The main purpose of this article is to study to fill that gap although the subject, medium, and method of folklore differ, folklore can be classified on the basis of its common characteristics. The main objective of the present study isto identifies and classifies the field of folklore studies. For that, folklore theory is based. Data have been collected through library work and analyzed in an explanatory and critical method. Everything that falls under the prevailing tangible and intangible culture of the society falls within the field of folklore studies. The study concludes that intangible folklore includes oral folklore, performing folk art, customary folklore, and material folklore, and tangible folklore includes handicrafts, and folk crafts.}

Downloads

Download data is not yet available.
Abstract
93
PDF
165

Downloads

Published

2022-08-08

How to Cite

घर्ती Gharti . द. D. (2022). लोकवार्ताको अध्ययनक्षेत्र {The Area of Folklore Studies}. Vangmaya वाङ्मय, 18(1), 31–40. https://doi.org/10.3126/vangmaya.v18i1.47084

Issue

Section

Articles