लैंङ्गिकतामा आधारित हिंसा न्यूनीकरएणको लागि स्थानीय सरकारको भूमिका {Role of Local Governments in Reducing Gender-Based Violence}

Authors

  • रमेश {Ramesh} अधिकारी {Ahikari}

DOI:

https://doi.org/10.3126/tej.v12i1.64911

Keywords:

कार्यविधि, लैंङ्गिकता, न्यूनीकरण, यौनजन्य, हिंसा, Procedures, Gender, Mitigation, Sexual Relations, Violence

Abstract

प्रस्तुत लेखले लैंङ्गिकतामा आधारित हिंसा न्यूनीकरणको लागि स्थानीय सरकारको भूमिका अन्तर्गत गोरखा नगरपालिकाले खेलेको भूमिकाको लेखाजोखा गरेको छ । यस अध्ययनका लागि प्राथमिक र द्धितीय स्रोतवाट तथ्यांक संकलन गरिएको छ । अन्तर्वाता विधिमार्फत प्राप्त तथ्यांकहरुलाई व्याख्या विश्लेषण गर्न गुणात्मक अनुसन्धान विधि अपनाईएको छ । अध्ययनवाट प्राप्त जानकारी, तथ्यांक तथा कार्यसम्पन्न प्रतिवेदनको विश्लेषण गर्दा गोरखा नगरपालिकामा शारीरिक तथा मानसिक हिंसा, सामाजिक तथा साँस्कृतिक हिंसा, यौनिक तथा यौन हिंसा तथा आर्थिक हिंसा रहेको देखिन्छ । यस्ता हिंसा न्यूनीकरणको लागि यस पालिकाले कानुन निर्माण गरी कार्यान्वयनमा ल्याएको, विभिन्न कार्यक्रम र अभियायहरु संचालन गरेको, हिंसा न्यूनीकरणको लागि मेलमिलापको माध्यमलाई अधिक उपयोगमा ल्याएको पाइयो । यस पालिकामा विद्यमान गरीवी, पारिवारिक वेमेले, सामाजिक कुरिती र अन्धविश्वासका कारण लैंङ्गिकतामा आधारित हिंसा न्यूनीकरण चुनौतिरहित हुन सकेको छैन । सीमित स्रोत साधन, भौगोलिक विकटता, सामाजिक विखण्डन, राजनीतिक अस्थिरता, दलीय राजनीतिको प्रभावका वावजुद पनि पालिकाले यस क्षेत्रमा विद्यमान हिंसाको पहिचान गरी त्यसको न्यूनीकरणको लागि प्रत्यक्ष देखिने गरी परिवर्तनहरु ल्याएको पाइयो । यस अर्थमा स्थानीय निकायको तदारुकता र सुझवुझपूर्ण योजना एवं निर्णय, सामथ्र्यले लैंङ्गिकतामा आधारित हिंसा न्यूनीकरण गरी सामाजिक न्यायलाई वलियो वनाउँदै यस पालिकालाई सभ्य र सुसँस्कृत वनाउन सक्ने अपेक्षा गर्न सकिन्छ ।

 

Downloads

Download data is not yet available.
Abstract
15
PDF
18

Downloads

Published

2024-04-27

How to Cite

अधिकारी {Ahikari} र. {Ramesh}. (2024). लैंङ्गिकतामा आधारित हिंसा न्यूनीकरएणको लागि स्थानीय सरकारको भूमिका {Role of Local Governments in Reducing Gender-Based Violence}. The Educator Journal, 12(1), 1–13. https://doi.org/10.3126/tej.v12i1.64911

Issue

Section

Articles