कार्यमूलक अनुसन्धानसँग शिक्षक:दृष्टिकोण, समस्या र अपेक्षा {Teachers with Action-Oriented Research: Perspectives, Problems and Expectations}
DOI:
https://doi.org/10.3126/tej.v11i1.54453Keywords:
कार्यमूलक अनुसन्धान, निरन्तर पेसागत विकास, वृत्तिविकास, अनुसन्धान प्रक्रिया, प्रतिबिम्बन, Action-Oriented Research, Continuous Professional Development, Professional Development, Research Process, ReflectionAbstract
शैक्षिक क्षेत्रमा कार्यमूलक अनुसन्धानले प्रभावकारी शिक्षण र पेसागत विकासका लागि शिक्षक अनुसन्धानकर्ताको ध्यान आकर्षित गरेको पाइन्छ । सिकाइ सहजीकरणका व्रmममा शिक्षकले भोगेका समस्या समाधान गर्न प्रभावकारी रूपमा कार्यमूलक अनुसन्धान सञ्चालन गर्न शिक्षकमा कार्यमूलक अनुसन्धान सिप र यसका आधारभूत पक्षको जानकारी आवश्यक हुन्छ । कार्यमूलक अनुसन्धानका बारेमा शिक्षकको दृष्टिकोण र यससम्बन्धी उनीहरूले भोगेका समस्या र अपेक्षाको पहिचान गर्न सकिएको खण्डमा शिक्षकमा अनुसन्धानप्रतिको उत्प्रेरणा जगाउन सक्ने हुनाले यस लेखले कार्यमूलक अनुसन्धानका सम्बन्धमा शिक्षकको धारणा, अनुभव र अपेक्षालाई उजागर गर्ने उद्देश्य राखेको छ । गुणात्मक अनुसन्धान ढाँचामा आधारित भई यस लेखमा माध्यमिक तहका पाँच जना नेपाली भाषा शिक्षकलाई सहभागीका रूपमा लिई अन्तर्वार्ताका माध्यमबाट प्राप्त सूचनालाई रूपान्तरण, समूहीकरण र थिममा आबद्ध गरी अर्थापनसहित विश्लेषण गर्दै पूर्वसाहित्यसँग तुलनात्मक विश्लेषण गरी निष्कर्षमा पुगिएको छ । अध्ययनको प्राप्तिअनुसार नेपालको विद्यालय तहका शिक्षकमा कार्यमूलक अनुसन्धानको अवधारणा र यसको उपदेयताका सम्बन्धमा स्पष्टता भए पनि यसको कार्यान्वयनका सन्दर्भमा शिक्षकको अधिक कार्यबोझ, अनुसन्धानको वातावरणको अभाव, अनुसन्धानका लागि वृत्तिको अनुपलब्धता तथा कार्यमूलक अनुसन्धानको उचित मूल्याङ्कनको अभाव, अनुसन्धानलाई शिक्षकको वृत्ति विकाससँग जोड्न नसक्नु जस्ता कारणले कार्यमूलक अनुसन्धानलाई प्रभावकारी ढङ्गले उपयोग गर्न नसकिएको जस्ता कारणले समस्या उत्पन्न भएकाले व्यावहारिक र प्रयोगात्मक ढङ्गले कार्यमूलक अनुसन्धान गर्ने सिप विकास गर्न नसकिएको कारण शिक्षकको निरन्तर पेसागत विकासको औजारका रूपमा यसलाई सार्थक रूपमा उपयोग गर्न नसकिएको निष्कर्ष निकालिएको छ । कार्यमूलक अनुसन्धानको सिप शिक्षकहरूमा विकास गरी यसलाई शिक्षकको निरन्तर पेसागत विकासको माध्यमका रूपमा उपयोग गरी यसका माध्यमबाट शैक्षिक गुणस्तरमा सुधार गर्नु आवश्यक छ ।