नेपाली व्याकरण शिक्षण गर्दा अपनाइएका कार्यकलापहरूको अध्ययन {Study of The Activities Adopted While Teaching Nepali Grammar}
DOI:
https://doi.org/10.3126/tej.v11i1.54443Keywords:
भाषा संसर्ग, सङ्कथनात्मक, प्रासङ्गिक, नियमीकरण, व्युत्पत्ति, Language Congruence, Rhetorical, Contextual, Regularization, EtymologicalAbstract
प्रस्तुत आलेख व्याकरण शिक्षण गर्दा अपनाइएका कार्यकलापहरूको अध्ययनमा केन्द्रित छ । अध्ययनलाई पूर्णता प्रदान गर्न कक्षा ६ को पाठ्यक्रमले निर्देश गरेका व्याकरणका क्षेत्रलाई आधार बनाई सम्बन्धित शिक्षकहरूबाट तथ्य सङ्कलन र विश्लेषण गरिएको छ । यसरी अध्ययनलाई अगाडि बढाउन सामग्री सङ्कलनका विधिको रूपमा क्षेत्रीय अध्ययन विधि उपयोग गरिएको छ भने सामग्री विश्लेषण विधिको रूपमा वर्णनात्मक एवं विश्लेषणात्मक विधि अवलम्बन गरिएको छ । अध्ययन समग्रतामा व्याकरण शिक्षण गर्दा अधिकांश शिक्षकहरूले निगमनात्मक पद्धतिकेन्द्रित कार्यकलापहरूको प्रयोग गरेको तथ्यबाट पुष्टि हुन्छ । कतिपय कार्यकलापहरू विद्यार्थीको शैक्षणिक तथा मनोवैज्ञानिक स्तरभन्दा कठिन रहेका छन् । कक्षा अवलोकन र प्रश्न प्रतिक्रियाका आधारमा यी कठिन कार्यकलाप सञ्चालन गर्न शिक्षक प्रयत्नशील भएपनि परिणाम अपेक्षाअनुसार नआउने देखिन्छ । व्याकरणको आधारभूत अवधारणा शिक्षण गर्नुपर्ने कक्षा ६ का विद्यार्थीहरूलाई स्तरअनुसार थप कार्यकलापमा आवृत्त गराउन भाषा पाठ्यपुस्तक विधि तथा भाषा संसर्ग विधिअनुरूप समुचित कार्यकलापहरू प्रयोग प्रयत्न आवश्यक छ । यद्यपि व्याकरणको क्षेत्रगत वैशिष्ट्यता अध्ययन गरी आगमनात्मक पद्धतिअनुसार कार्यकलाप निर्धारण र प्रयोग अभ्यास गर्नु गराउनु आवश्यक रहेको छ । वस्तुतः शिक्षकहरूमा व्याकरण शिक्षणप्रति रहेको रूचि र तत्परताले उचित कार्यकलाप व्यवस्थापन तथा प्रशासन गर्न सक्षम रहेका छन् ।