विद्यालय तहमा निरन्तर मूल्याङ्कन पद्धति {Continuous assessment system at school level}

Authors

  • महेन्द्र Mahendra बस्नेत Basnet महेन्द्ररत्न क्याम्पस, त्रिभुवन विश्वविद्यालय, ताहाचल, काठमाडौं Mahendraratna Campus, TU, Tahachal, Kathmandu

DOI:

https://doi.org/10.3126/tej.v10i1.47003

Keywords:

अनुगमन, निरन्तर मूल्याङ्कन पद्धति, परियोजना कार्य, व्यवहार परिवर्तन, सिर्जनात्मक कार्य, क्षमता विकास

Abstract

विद्यार्थी मूल्याङ्कन निर्माणात्मक र निर्णयात्मक मूल्याङ्कन दुई ओटा प्रयोजनका लागि गरिन्छ । पहिलो थप सिकाइका लागि सिकारुको स्थिति पहिचान गरी उपचारात्मक सेवा प्रदान गर्न र दोस्रो सिकारुले सिकेका कुराहरुको आधारमा स्तरीकरण गरी उसको बारेमा निर्णय गर्न एवम् प्रमाणपत्र प्रदान गर्न । निरन्तर मूल्याङ्कन पनि निर्माणात्मक मूल्याङ्कनकै एक रुप हो । यो सिकाइका लागि मूल्याङ्कन हो । विद्यार्थीहरु सिकाइएकै बेला के कति सिके भनेर लेखाजोखा गरी आगामी दिनमा के कस्तो उपायहरु अवलम्बन गरी थप सिकाइका लागि सहजीकरण गर्ने भन्ने कुरामा निरन्तर मूल्याङ्कन प्रणाली केन्द्रित हुने हुनाले उपचारात्मक शिक्षणका लागि सिकारुको अवस्था पहिचान गर्न तथा सिकेको कुराको तत्काल लेखाजोखा गर्न नै निरन्तर मूल्याङ्कन प्रणाली अवलम्बन गरिएको हो । निरन्तर मूल्याङ्कनलाई उदार कक्षोन्नतिसँग गाँसेर ल्याइनु, जटिल प्रकृतिका साधनहरुको प्रयोग गर्नुपर्ने हुनु, सरोकारवालाबाट अवरोध खडा हुनु, शिक्षण सिकाइ क्रियाकलापको सुधारको कुरै नगरी मूल्याङ्कन प्रणालीमा मात्र एकांकी ढंगले सुधार गर्न खोजिनु, पाठ्यक्रम कार्यान्वयनमा फित्तलोपना रहनु, अनुगमन तथा सुपरिवेक्षण प्रणाली कमजोर हुनु जस्ता कारणहरुले निरन्तर मूल्याङ्कन प्रणालीको कार्यान्वयनमा अपेक्षित सफलता प्राप्त हुन नसकेको देखिन्छ । निरन्तर मूल्याङ्कन प्रणालीको कार्यान्वयनका लागि समष्टिगत दृष्टिकोणबाट निर्देशित भई अघि बढ्नुपर्छ । पाठ्यक्रम, पाठ्यपुस्तक र शिक्षक निर्देशिकामा सुधार गरी निरन्तर मूल्याङ्कनका मापदण्डमैत्री बनाइनुपर्छ । शिक्षण सिकाइ क्रियाकलापमा परिवर्तनपछि मात्र मापदण्ड अनुसार निरन्तर मूल्याङ्कन गर्न सकिन्छ भन्ने कुरा सबैले बुझ्नुपर्छ । नत्र भने विद्यार्थीलाई परियोजना कार्य नगराउने तर परियोजना कार्यकै मूल्याङ्कन गर्ने किर्ते मूल्याङ्कनलाई विस्थापन गर्न सकिने सम्भावना देखिदैन । सरोकारवालाहरुमा भएको भ्रम निवारण गरी परीक्षा लिनै नपाइने होइन बरु बराबर परीक्षा एवम् अवलोकनबाट वास्तविक सिकाइको लेखाजोखा गरी थप उपचारात्मक कार्यशैलीका माध्यमबाट विद्यार्थीको सिक्न पाउने अधिकार सुनिश्चित गर्ने कुरामा स्पष्ट पार्नुपर्छ । शिक्षकहरु सकारात्मक सोच लिई यसको कार्यान्वयनबाट आफैलाई सजिलो हुने विश्वासका साथ दृढ संकल्पित भई लाग्नुपर्छ ।

{Student evaluation formative and judgmental evaluation is done for two purposes. The first is to identify the status of the learner and provide remedial services for further learning and the second is to grade the learner based on what he has learned and make a decision about him and provide a certificate. Continuous assessment is also a form of formative assessment. This is an assessment for learning. Taking into account how much the students have learned while being taught, what measures should be taken in the future to facilitate further learning Since the continuous evaluation system focuses on this, the continuous evaluation system has been adopted for remedial teaching to identify the condition of the learner and to take an immediate account of what has been learned. Bringing continuous evaluation together with liberal grade promotion, having to use complex nature tools, obstacles arising from stakeholders, trying to improve the evaluation system only in a solitary manner without considering the improvement of teaching and learning activities, It seems that the expected success in the implementation of the continuous evaluation system has not been achieved due to reasons such as laziness in the implementation of the curriculum, weak monitoring and supervision system. For the implementation of the continuous evaluation system, it should be guided by a holistic approach. Curriculum, textbooks and teachers' manuals should be improved and made consistent with the standards of continuous assessment. Everyone should understand that only after changes in teaching and learning activities can continuous evaluation be done according to standards. Otherwise, it is not possible to replace the evaluation of the students who do not do the project work but evaluate the project work itself. Everyone should understand that only after changes in teaching and learning activities can continuous evaluation be done according to standards. Otherwise, it is not possible to replace the evaluation of the students who do not do the project work but evaluate the project work itself.}

Downloads

Download data is not yet available.
Abstract
189
PDF
73

Author Biography

महेन्द्र Mahendra बस्नेत Basnet, महेन्द्ररत्न क्याम्पस, त्रिभुवन विश्वविद्यालय, ताहाचल, काठमाडौं Mahendraratna Campus, TU, Tahachal, Kathmandu

शिक्षण सहायक Teaching assistant

Downloads

Published

2022-07-27

How to Cite

बस्नेत Basnet म. M. (2022). विद्यालय तहमा निरन्तर मूल्याङ्कन पद्धति {Continuous assessment system at school level}. The Educator Journal, 10(1), 70–75. https://doi.org/10.3126/tej.v10i1.47003

Issue

Section

Articles