आधुनिक नेपाली कथामा पत्रप्रयोगको अन्तर्य {Introduction to the use of letters in modern Nepali fiction}

Authors

  • विष्णु Bishnu न्यौपाने Neupane सरस्वती बहुमुखी क्याम्पस, त्रि.वि. Saraswati Multiple Campus, TU

DOI:

https://doi.org/10.3126/tej.v10i1.46965

Keywords:

सुखदुःख, मायाप्रेम, आरामी खबर, घरव्यवहार, आर्थिक कारोबार

Abstract

प्रस्तुत अनुसन्धानात्मक लेखमा आधुनिक नेपाली कथामा पत्रप्रयोगको अन्तर्यको विश्लेषण र मूल्याङ्कन गरिएको छ । विचारविनिमयको साधनका रूपमा प्रयुक्त हुँदै आएका पत्रहरू विभिन्न माध्यम, कागजका पाना हुँदै आधुनिक प्रविधिमय फेसबुक, म्यासेन्जर, इमेल जस्ता विद्युतीय माध्यममा प्रयोग भएका छन् । साहित्यका विभिन्न विधामा विशेष सन्दर्भमा पनि पत्रको प्रयोग भएका छन् । आधुनिक नेपाली कथाका घटनाको विशेष सन्दर्भ, पात्रको चरित्राङ्कन तथा विशेष परिवेशको निर्माणको अवस्था आदिमा पत्रको प्रयोग गरिएका छन् । त्यस्ता पत्रले कथाका मूल तङ्खवको सम्वर्धनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका हुन्छन् । यिनले भनाइलाई चोटिलो, घतिलो बनाएका छन् भने पात्र र परिवेशको चित्रणमा कलात्मकता भरेका पनि छन् । आधुनिक नेपाली कथामा प्रयुक्त पत्रको स्वरूप, विषयवस्तु र अभिप्रायको निरूपण गर्नु यस लेखको उद्देश्य हो । प्रस्तुत उद्देश्य प्राप्तिका लागि पत्रप्रयोगको आवश्यकता र पत्रप्रयोगको प्रयोजनलाई सैद्धान्तिक ढाँचाका रूपमा अवलम्बन गरी आधुनिक नेपाली कथामा प्रयुक्त पत्रहरूको पाठगत साक्ष्यका आधारमा नेपाली कथामा प्रयुक्त पत्रको अध्ययन, विश्लेषणद्वारा सामान्यीकरण गरी निष्कर्षीकरण गरिएको छ । कथामा पत्रप्रयोग कथाकारको विशिष्ट शैली भएकाले यिनले कथावस्तुको विन्यासमा रोचक र सार्थक निष्कर्षोन्मुख बनाउने, पात्रको चरित्राङ्कन र परिवेश चित्रणमा यी बहुपयोगी हुने निष्कर्ष निकालिएको छ ।

{In this research article, the use of letters in modern Nepali stories has been analyzed and evaluated. Letters, which have been used as a means of exchange of ideas, have been used in electronic media such as Facebook, messenger, email through modern technology through various media, paper sheets. Letters are also used in special contexts in different genres of literature. Letters have been used in modern Nepali stories for specific contexts of events, characterization of characters and conditions of construction of special environments. Such letters play an important role in enhancing the story's original meaning. He has made the words hurtful and poignant, and he has also filled the characters and surroundings with artistry. The purpose of this article is to describe the form, content and intention of letters used in modern Nepali stories. In order to achieve the presented objective, the necessity of using letters and the purpose of using letters as a theoretical framework, based on the textual evidence of the letters used in modern Nepali stories, the study and analysis of the letters used in Nepali stories have been generalized and concluded. As the use of letters in the story is a unique style of the storyteller, it is concluded that they are versatile in the setting of the story, making interesting and meaningful conclusions, characterizing the character and depicting the environment.}

 

 

Downloads

Download data is not yet available.
Abstract
65
PDF
53

Author Biography

विष्णु Bishnu न्यौपाने Neupane, सरस्वती बहुमुखी क्याम्पस, त्रि.वि. Saraswati Multiple Campus, TU

Assistant Professor

Downloads

Published

2022-07-27

How to Cite

न्यौपाने Neupane व. B. (2022). आधुनिक नेपाली कथामा पत्रप्रयोगको अन्तर्य {Introduction to the use of letters in modern Nepali fiction}. The Educator Journal, 10(1), 41–48. https://doi.org/10.3126/tej.v10i1.46965

Issue

Section

Articles