स्थानीय तहको शासकीय अभ्यासः एक अध्ययन {Local Government Practices: A Study}

Authors

  • रमेश Ramesh अधिकारी Adhikari गोरखा क्याम्पस, त्रिभुवन विश्वविद्यालय, गोरखा Gorkha Campus, TU, Gorkha

DOI:

https://doi.org/10.3126/tej.v10i1.46869

Keywords:

standards, मापदण्ड, पारदर्शिता, अवशिष्ट अधिकार, सङ्घीयता, कानुन, law, federalism, residual, transparency

Abstract

नेपालको संविधानले सङ्घ, प्रदेश र स्थानीय तह गरी तीन तहमा राज्य शक्तिको बाँडफाँड गरेको छ । यी तीन तहमध्येको सबै भन्दा तल्लो जनतासँग प्रत्यक्ष सरोकार जोडिएको स्थानीय तह हो । स्थानीय तह बलियो भयो भने मात्र जनताले वास्तविक अधिकारको अनुभूति गर्न पाउँछन । यसले लोकतन्त्रलाई बलियो बनाउँछ । लोकतन्त्र बलियो भयो भने सामाजिक न्याय पनि बलियो बन्छ । प्रस्तुत लेखले स्थानीय तहमा शासन अभ्यास र सहिद लखन गाउँपालिकाले खेलेको भूमिकाको लेखाजोखा गरेको छ । यस अध्ययनका लागि प्राथमिक र द्वितीय स्रोतबाट तथ्यांक सङ्कलन गरिएको छ । अन्तर्वार्ता विधिमार्फत् प्राप्त तथ्यांकहरूलाई व्याख्या विश्लेषण गर्न गुणात्मक अनुसन्धान विधि अपनाईएको छ । प्राप्त जानकारी, तथ्याङ्क तथा कार्यसम्पन्न प्रतिवेदनको विश्लेषण गर्दा पालिकाले ऐन, नियमावली, कार्यविधि सहित ७७ ओटा कानुन निर्माण गरेको र न्यायिक समितिले ४६ उजुरीहरू मेलमिलाप गराएको पाइयो । शिक्षा, स्वास्थ्य, पर्यटन, भौतिक पूर्वाधारको विकासलाई गाउँपालिकाले प्राथमिकतामा राखेर काम गर्दै आएको र विस्तृत गुरुयोजना बनाई सोही अनुसार काम गर्ने लक्ष्य राखेको देखिन्छ । यस पालिकाको भौगोलिक अवस्थिति, विकासका न्यूनतम पुर्वाधारहरूको अभाव, सामाजिक कुरीति र अन्धविश्वासका कारण शासकीय अभ्यास चुनौति रहित हुन सकेको छैन । भूकम्पले निम्त्याएको भौतिक क्षति र मानिसमा परेको मानसिक आधात, प्राकृतिक प्रकोपबाट सिर्जित विनास, कोभिड महामारिले पारेको चौतर्फि प्रभावका बाबजुद पनि पालिकाले यस क्षेत्रको समग्र विकासमा प्रत्यक्ष देखिने गरी परिवर्तनहरू ल्याएको पाइयो । यस अर्थमा स्थानीय निकायको तदारुकता र सुझबुझपूर्ण योजना एवम् निर्णय, सामथ्र्यले शासकीय अभ्यासमा परिवर्तन ल्याउन सक्ने अपेक्षा गर्न सकिन्छ ।

{The constitution of Nepal has divided the state power into three levels namely federal, provincial and local levels. The lowest of these three levels is the local level which is directly related to the people. Only if the local level is strong, the people will be able to feel the real rights. It strengthens democracy. If democracy is strong, social justice will also be strong. The presented article has given an account of the governance practice at the local level and the role played by Sahid Lakhan Rural Municipality. Data has been collected from primary and secondary sources for this study. Qualitative research method has been adopted to interpret and analyze the data obtained through the interview method. Analyzing the received information, statistics and completed reports, it was found that the municipality has enacted 77 laws including laws, regulations and procedures and the judicial committee has reconciled 46 complaints. It seems that the rural municipality is working on the development of education, health, tourism, and physical infrastructure as a priority and has made a detailed master plan and aims to work accordingly. Due to the geographical location of this municipality, the lack of minimum development infrastructure, social injustice and superstition, the governance practice has not been without challenges. Despite the physical damage caused by the earthquake and the mental condition of the people, the devastation caused by natural disasters, and the all-round effects of the Covid epidemic, the municipality has brought changes in the overall development of this area in a direct way. In this sense, it can be expected that the vigilance and intelligent planning and decision making of the local bodies can bring changes in the government practices.}

Downloads

Download data is not yet available.
Abstract
73
PDF
60

Author Biography

रमेश Ramesh अधिकारी Adhikari, गोरखा क्याम्पस, त्रिभुवन विश्वविद्यालय, गोरखा Gorkha Campus, TU, Gorkha

उप–प्राध्यापक

Assistant Professor

Downloads

Published

2022-07-27

How to Cite

अधिकारी Adhikari र. R. (2022). स्थानीय तहको शासकीय अभ्यासः एक अध्ययन {Local Government Practices: A Study}. The Educator Journal, 10(1), 9–16. https://doi.org/10.3126/tej.v10i1.46869

Issue

Section

Articles