विश्व समाजवादी क्रान्तिको इतिहासमा लिखित दुई क्रान्ति : पेरिस कम्युन र अक्टोबर समाजवादी क्रान्ति

Authors

  • गोविन्द प्रसाद Govinda Prasad मैनाली Mainali त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर, काठमाडौ https://orcid.org/0009-0003-7803-3283

Keywords:

पेरिस कम्युन, अक्टोबर समाजवादी क्रान्ति, वैज्ञानिक समाजवाद, सर्वहारा तथा मजदुर वर्ग, बोल्सेभिक पार्टी, बुर्जुवा पुँजीवादी गणतन्त्र, क्रान्तिकारी माक्र्सवादी धारा, विसर्जनवादी, अवसरवादी

Abstract

यस आलेखमा पेरिस कम्युन र अक्टोबर समाजवादी क्रान्तिको अध्ययन गरिएको छ । १८ मार्च, १८७१ मा स्थापित पेरिस कम्युन र २३ अक्टोबर, १९१७ मा भएको  रूसको अक्टोबर समाजवादी क्रान्तिलाई प्रमुख आधार मानि यस आलेखको अध्ययन गरिएको छ । आलेखमा पेरिसका सर्वसाधारण जनता र क्रान्तिकारी मजदुर तथा सर्वहारावर्गले विद्रोह गरी १८ मार्च, १८७१ का दिन स्थापना गरेका पेरिस कम्युनलाई विश्व समाजवादी क्रान्तिको इतिहासमा पहिलो समाजवादी क्रान्ति हो भनी अध्ययन गरिएको छ भने लेनिनले क्रान्तिकारी माक्र्सवादी धाराको बाटो समाति २३ अक्टोबर, १९१७ का दिन रूसमा समाजवादी क्रान्ति सम्पन्न गरी समाजवादी गणतन्त्र स्थापना गरेका अक्टोबर समाजवादी क्रान्तिलाई विश्व समाजवादी क्रान्तिको इतिहासमा दोश्रो समाजवादी क्रान्ति हो भनी अध्ययन गरिएको छ । यी दुवै क्रान्ति सन् १८४८ मा माक्र्स र एंगेल्सले कम्युनिस्ट लिगका निम्ति कम्युनिस्ट घोषणापत्र लेखि वैज्ञानिक समाजवादी चिन्तनको उद्भव गराएपछि भएको थियो । विश्व समाजवादी आन्दोलन र क्रान्तिको इतिहासमा यी समाजवादी क्रान्ति स्वर्णिम अक्षरले लेखिएका छन् । यी दुई समाजवादी क्रान्ति पश्चात् विश्व राजनीतिको कोर्स नै परिवर्तन भएको थियो । यस आलेख आगनात्मक विधिको प्रयोग गरी अध्ययन गरिएको छ । विश्व समाजवादलाई आन्दोलन र क्रान्तिको इतिहासमा पेरिस कम्युनको स्थापना र अक्टोबर समाजवादी क्रान्ति कसरी सम्पन्न भएको थियो भनी अध्ययन गर्नु  यस आलेखको प्रमुख उद्देश्य हो  । यस आलेखको अध्ययनले विश्व समाजवादी क्रान्तिको इतिहासमा लिखित दुई क्रान्ति पेरिस कम्युन र अक्टोबर क्रान्तिलाई राम्रोसँग बुझ्न सकिन्छ ।

Abstract
150
PDF
0

Author Biography

गोविन्द प्रसाद Govinda Prasad मैनाली Mainali, त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर, काठमाडौ

विद्यावारिधी अनुसन्धानरत

Downloads

Published

2024-09-10

How to Cite

विश्व समाजवादी क्रान्तिको इतिहासमा लिखित दुई क्रान्ति : पेरिस कम्युन र अक्टोबर समाजवादी क्रान्ति. (2024). SP Swag: Sudur Paschim Wisdom of Academic Gentry Journal, 1(1), 115-129. https://nepjol.info/index.php/spswag/article/view/69693

Issue

Section

Review Articles

How to Cite

विश्व समाजवादी क्रान्तिको इतिहासमा लिखित दुई क्रान्ति : पेरिस कम्युन र अक्टोबर समाजवादी क्रान्ति. (2024). SP Swag: Sudur Paschim Wisdom of Academic Gentry Journal, 1(1), 115-129. https://nepjol.info/index.php/spswag/article/view/69693