वैदिक दर्शन र नेपालको शिक्षामा त्यसको उपादेयता
DOI:
https://doi.org/10.3126/sotang.v7i01.89325Keywords:
दर्शन, वैदिक दर्शन, तत्व मीमांशा, शैक्षिक प्रयोगAbstract
दर्शनको परिच, परिभाषा, वैदिक दर्शनको चिनारी, वैदिक दर्शन अनुरूप तत्व, ज्ञान र मूल्यको चर्चा गर्दै नेपालको शैक्षिक व्यवस्थामा वैदिक दर्शनको उपादेयता केलाउने प्रयासमा लेख केन्द्रित छ । पूस्तकीय अध्ययनलाई सामग्री अध्ययनको मूल उपायको रूपमा अवलम्बन गरी अघि बढाइएको यस अध्ययनकार्यले निष्कर्षका रूपमा, नेपालको शिक्षा व्यवस्थामा पनि स्पष्टतः वैदिक दर्शनको प्रतिविम्व झल्किन्छ । वैदिक दर्शन अनुसार जन्म र मृत्युका चक्रबाट मुक्ति प्राप्त गर्नु, धर्म, अर्थ, काम मोक्ष प्राप्त गर्नु । देव, पितृ र गुरु ऋणबाट मुक्त हुनु, आध्यात्मिकता विकास गर्नु, सहिष्णुता र धैर्यको प्राप्ति गर्नु, चरित्र निर्माण र विकास गर्नु, सँस्कृतिको हस्तान्तरण गर्नु, व्यक्तित्व विकास गर्नु, चित्रवृत्तिको निरोध गर्नु, सामाजिक कुशलताको विकास गर्नु र ज्ञान र अनुभवमा जोड दिनु जस्ता लक्ष्यहरू निर्धारण गरिएको छ भन्ने संश्लेषण प्रस्तुत गरिएको छ । शिक्षा व्यवस्थामा समसामयिक परिवर्तन भइरहे पनि आधारभूत रूपमा वैदिक दर्शनको मार्गदर्शन महŒवपूर्ण रहेको निष्कर्षमा पुगिएको छ । दर्शन र शिक्षाको सम्बन्धका बारेमा चासो राख्ने जिज्ञासुका लागि यस लेखले प्रारम्भिक प्रवेश द्वारको काम गर्नेछ ।