महापुरुषको सङ्गत निबन्धमा हास्यरस
DOI:
https://doi.org/10.3126/sotang.v7i01.89321Keywords:
अनौचित्य, केशविन्यास, चेष्टा, पुनरावृत्ति, वैपरीत्य, रसाभास, स्थायीभावAbstract
रससिद्धान्तका सापेक्षतामा हास्यरसको प्रयोगका सन्दर्भमा महापुरुषको सङ्गत निबन्धमा विभाव, अनुभाव र सञ्चारी भावहरूको प्रयोग के कसरी भएको छ र त्यसले निबन्धमा हास्यरस उत्पन्न गर्न के कस्तो भूमिका निर्वाह गरेको छ भन्ने मुख्य समस्यामा केन्द्रित रही गरिएको यो अध्ययन गुणात्मक प्रकृतिको रहेको छ । यसमा पुस्तकालय कार्यबाट प्राथमिक तथा द्वितीयक दुवै स्रोतका सामग्रीको उपयोग गरिएको छ र विश्लेषणका लागि पाठविश्लेषणात्मक विधि अवलम्बन गरी अध्ययन गरिएको छ । यसमा आवश्यकतानुसार निगमनात्मक एवम् आगमनात्मक विधि प्रयोग गरिएको छ । विश्लेषित ‘महापुरुषको सङ्गत’ निबन्धमा समाजले महापुरुष ठानेका व्यक्तिका विकृत भेषभूषा, बोली आचारव्यवहार र विसङ्गत चरित्रलाई आलम्बन बनाइएको छ र बाहिर असलजस्ता देखिए पनि व्यवहारतः उनीहरू खराब छन् भन्ने भाव व्यक्त गरिएको छ । तिनै खराब चरित्रप्रति व्यङ्ग्यगरी हास्यरस उत्पन्न हुने गरी लेखिएको यो निबन्ध हास्यरस र रसाभासको प्रयोगका कारण निकै रोचक, मार्मिक र रमणीय बन्न पुगेको निष्कर्ष निकालिएको छ । यस लेखबाट पाठकहरूले रसविश्लेषणको ढाँचा प्राप्त गर्नाका साथै कुनै कृतिभित्र अन्तर्निहित रससामग्री र तिनको प्रयोग एवम त्यसबाट उत्पन्न रसको आस्वादन गर्नसमेत उपयोगी हुने अपेक्षा गरिएको छ ।