पूर्वीय भाषिक चिन्तन परम्परामा त्रिमुनिका योगदान

Authors

  • हेरम्वराज बास्तोला Heramba Raj Bastola Tribhuvan University

Keywords:

त्रिमुनि, अष्टाध्यायी, वार्तिक पाठ, महाभाष्य, पूर्वीय, भाषिक चिन्तन

Abstract

प्रस्तुत लेख त्रिमुनि को हुन् र पूर्वीय भाषिक चिन्तन परम्परामा उनीहरूको योगदान के हो ? भन्ने मूल प्रश्नका उत्तर खोज्ने कार्यमा केन्द्रित लेख पुस्तकीय अध्ययनकै आधारमा तयार पारिएको हो । पाणिनि, कात्यायन र पतञ्जलि   पूर्वीय भाषिक चिन्तन परम्परामा केन्द्रीय व्यक्तित्त्व हुन् । पाणिनी विश्वकै सर्वाधिक वैज्ञानिक व्याकरण ग्रन्थ अष्टाध्यायीका रचनाकार हुन् । कात्यायन पाणिनीय व्याकरणका सम्पादक, र आदर्श व्याख्याता हुन् । कात्यायनको वार्तिक पाठ पाणिनिको अष्टाध्यायीलाई पूर्ण बनाउन रचिएको ग्रन्थ हो । पूर्वीय व्याकरण परम्परामा पाणिनिको चिन्तनमा पूर्णता ल्याउन नै कात्यायनको उपस्थिति भएको, पूर्वीय व्याकरण सूत्रको वैज्ञानिक प्रतिपादन पाणिनिले गरेका, अपूर्णता र अष्पस्टतालाई हटाएर स्पष्ट पार्ने काम वर्तिककार कात्यायनले गरेका र पतञ्जलिले योग दर्शन भन्ने गन्थ्र प्रकाशन गरी योगलाई जीवनसँग जोड्दै योगाभ्यासका सूत्रहरू प्रतिपादन गरेर योग शिक्षा मार्फत, भाषिक चिन्तनलाई उजागर गरेका जसले भाषिक चिन्तनका निष्कर्षहरू लोकसमाजमा प्रस्तुत हुन गई व्यवहारिक जीवनमा प्रयोग ब्यवहार हुन थालेको भन्ने निष्कर्ष प्रस्तुत गरिएको छ ।

Abstract
316
PDF
0

Downloads

Published

2023-12-31

How to Cite

पूर्वीय भाषिक चिन्तन परम्परामा त्रिमुनिका योगदान. (2023). Sotang, Yearly Peer Reviewed Journal, 5(1), 88-97. https://doi.org/10.3126/sotang.v5i1.65065

Issue

Section

Articles

How to Cite

पूर्वीय भाषिक चिन्तन परम्परामा त्रिमुनिका योगदान. (2023). Sotang, Yearly Peer Reviewed Journal, 5(1), 88-97. https://doi.org/10.3126/sotang.v5i1.65065