नारीवादी दृष्टिकोणले मसान नाटकको विश्लेषण
Keywords:
नारी उत्पीडन, लैङ्गिक विभेद, सामाजिक न्याय, सकरात्मक विभेद, पितृसत्ताAbstract
नारीवादी दृष्टिकोणले मसान नाटकको विश्लेषण शीर्षकमा तयार पारिएको प्रस्तुत लेखमा नारीवादका मान्यताका आधारमा नाटकमा प्रयुक्त नारी पात्रले भोगेको उत्पीडनको अवस्था विश्लेषण गरिएको छ । पाश्चात्य जगत्मा नवीन समालोचना पद्धतिका रूपमा देखिएको नारीवादले साहित्यिक कृतिमा नारी पात्रको भूमिका, अवस्था विश्लेषण गर्छ । यसले नारीमाथि हुने सबै प्रकारका विभेद र उत्पीडनको अध्ययन गहन रूपले गर्छ । यस आलेखमा मसान’ नाटकमा नारी पात्रले भोगेको विभेद र उत्पीडनको अवस्था कस्तो छ ? भन्ने समस्यामा आधारित भई नाटकका पात्रमा तत्कालीन नेपाली समाजमा नारीहरूले भोगेका समस्याको विश्लेषण गर्ने उद्देश्य राखिएको छ । पुस्तकालय विधिबाट सामग्री सङ्कलन गरी तयार पारिएको यस लेखमा वर्णनात्मक विधि प्रयोग गरी तथ्य विश्लेषण गरिएको छ । यस लेखले मसान नाटकमा रहेको नारी उत्पीडनको अवस्थालाई शुक्ष्म ढङ्गले केलाउनुका अतिरिक्त नेपाली साहित्यका अन्य कृतिहरुमा नारी विभेदको विश्लेषणमा सहयोग गर्ने ठानिएको छ । लेखभित्र तत्कालीन समाजमा लिङ्गगत विभेदका कारण नारीहरूले भोग्नुपरेका उत्पीडनको विश्लेषण गरी निष्कर्षमा पुगिएको छ । नाटकमा तत्कालीन समाजमा लिङ्गका आधारमा नारीहरूले सामाजिक न्याय पाउन सकेका छैनन् । यस्तो अन्याय र उत्पीडनको आधार पितृसत्तात्मक समाज र पुरुष हैकमका कारण समाजमा निर्मित भएको लिङ्गविभेद रहेको छ । यस नाटकका लेखक पनि नारी यथार्थको चित्रणमा सीमित रहेको र उनले नारीलाई सकारात्मक विभेद गर्न नसकेको कुरालाई यसमा उल्लेख गरिएको छ ।