संवादशील दक्षतामा लैङ्गिक भिन्नता

Authors

  • रीता पन्थ

Keywords:

हेजिङ, निषिद्ध, खप्टाइ, अवरोध, रूकावटी, पूरकीय

Abstract

प्रस्तुत लेखमा संवादशील दक्षतामा लैङ्गिक भिन्नता विषयमा महिला र पुरुषका बीच हुने विभिन्न खालको भाषिक अन्तरमा केन्द्रित रहेको छ । भाषा विज्ञान अन्तर्गत पर्ने संवादशील दक्षताको आधारमा विश्लेषण गरिएको छ । समाजमा महिला सहभागिता कम र पुरुषको बढी हुने गर्दछ । यसबाट समाज विज्ञानमा महिलाहरूलाई पुरुषहरूले विभिन्न अधिकारबाट बञ्चित गरि भाषिक क्षमतामा समेत ह्रास ल्याइदिएका तथ्यहरू प्रस्तुत लेखमा उल्लेख गरिएको छ । पुरूष सहभागी क्षेत्रमा महिलाहरूलाई स्थान नै ज्यादै न्यूनरूपमा गराइ उनीहरूको भाषालाई तात्विक महत्त्व नदिइ सामान्य रूपमा लिइएको जुनसुकै पूर्वीय या पश्चिमी सभ्यतामा पाइएको छ । लिइँदैन कारण महिलाको उचित स्थान सामाजिक भेला, गोष्ठि या सम्मेलनमा दिने गरिँदैन । पुरुष ठीक कामका लागि आफ्नो बोली प्रयोग गर्दछन् र महिला अनावश्यक हल्लाखल्ला शैलीको गफ गर्दछन् भन्ने भनाइ सबैप्रकारको समाजशास्त्रमा उल्लेख भएको छ । संवादशील दक्षताको सन्दर्भमा महिला या पुरुष सँगै राखेर बोलने क्रियाकलापमा पुरुषले आफ्नो बोलाइमा हेजिङ शब्दको कम प्रयोग गरिरहेका हुन्छन् भने महिलाले भने अत्यधिक मात्रामा प्रयोग गरेर बोल्ने गर्दछन् । किनकी उनीहरूको बोल्ने, सोच्ने कलामा अनिश्चितता बढी हुने गर्दछ । महिला महिलाबिचमा हुने संवादमा भने उनीहरू शक्तिशाली भाषा र निर्देशनात्मक शैलीका अभ्यास गरिरहेका हुन्छन् भने पुरुषसित बोल्दा नरम र शालीनता प्रकट गरेर बोलीरहेका हुन्छन् ।

कुनै समाजमा पुरुषले प्राय निषिद्ध शब्दहरूको प्रयोग प्रत्येक क्षण क्षणमा बोलिरहेको पाइन्छ जस्तो पश्चिमा समाजमा गे, लेस्वियन, सेक्सुअल शब्दको प्रयोग गरेका हुन्छन् भने नेपालीमा पनि पुरुष पुरुषबिचमा निषिद्ध शब्दको प्रयोग सम उमेरका व्यक्ति व्यक्ति बीचमा सहज तरिकाले भैरहेको पाइन्छ । पुरुषहरू कसम खाने शब्द शब्दावलीको प्रचुरमात्रामा शब्द छानेर बोल्ने गर्दछन् भने महिलाहरू नरम र हेजिङ वाक्याँशको प्रयोग अत्यधिक बोलिरहेका हुन्छन् । लैङ्गिक भाषाको अन्तर दैनिक क्रियाकलापमा महिला र पुरुषको बीचमा लैङ्गिकता अनुसार हुने गर्दछ । उक्त संवादशील क्षमताको पहिचान गरि लङ्ैगिकतामा के कस्तो अन्तर परेको हुन्छ भन्नेकेन्द्रिय प्रश्नको पहिचान गरी विभिन्न सङ्कथनको प्रयोगशैली र शब्द शब्दाँशको उल्लेख गरि संवादशील दक्षताको प्रस्तुति यस अध्ययनमा गरिएको छ ।

Abstract
288
PDF
5

Downloads

Published

2022-09-01

How to Cite

पन्थ र. (2022). संवादशील दक्षतामा लैङ्गिक भिन्नता. Sotang, Yearly Peer Reviewed Journal, 4(4), 74-88. https://doi.org/10.3126/sotang.v4i4.57084

Issue

Section

Articles

How to Cite

पन्थ र. (2022). संवादशील दक्षतामा लैङ्गिक भिन्नता. Sotang, Yearly Peer Reviewed Journal, 4(4), 74-88. https://doi.org/10.3126/sotang.v4i4.57084