मञ्जुलको छेकुडोल्मा : गद्यशैलीको क्रीडाभूमि
DOI:
https://doi.org/10.3126/sotang.v4i4.57081Keywords:
वाग्मिताशास्त्र, अलङ्कारशास्त्र, गद्यशैली, उपमा, रूपकAbstract
वाग्मिताशास्त्रका उपमा, रूपक, उत्प्रेक्षा, विरोधाभास जस्ता शैलीगत उपकरणको एकल एवम् सहप्रयोग छेकुडोल्मा उपन्यासमा प्रयुक्त गद्यशैलीको महत्त्वपूर्ण उपलब्धि हो । क्रियाविचलन र विशेषण विचलनका आधारमा अमूर्तभाव, सजीव एवम् जड प्रकृतिको मानवीकरण गर्ने प्रवृति उनको गद्यशैलीको अर्को शक्तिशाली पक्ष हो । त्यस्तै कथनलाई अनुभूतिमय र विम्बात्मक रूपमा प्रस्तुत गर्ने क्रममा विशेषण विपर्ययको प्रयोग उनको गद्यशैलीको उल्लेख्य प्राप्ति बन्न पुगेको छ । क्रिया विचलन, विशेषण विचलन, क्रिया विशेषण विचलन, कर्म कारक विचलन करण कारक विचलन, अधिकरण कारक विचलन र आर्थी विचलनको एकल एवम् सहप्रयोगका कारण उनको गद्यशैली अलङ्कृत तथा विम्बात्मक बनेको देखिन्छ । शब्द समानान्तरता र आर्थी समानान्तरताका कारण उपन्यासको भाषा साहित्यिक भएको छ र चेतनप्रवाह पद्धतिको प्रयोगका कारण उनको शैली प्रकृत बन्न पुगेको छ ।