नेपालमा बहुभाषिक पाठ्यक्रम निर्माणको सान्दर्भिकता

Authors

  • सुरेन्द्र कुमार बम FarWest University

Keywords:

मुख्य शब्दावलीः मातृभाषामा शिक्षा, बहुभाषिक शिक्षा, बहुभाषिक पाठ्यक्रम निर्माण, भाषिक अवस्था, नीतिगत व्यवस्था

Abstract

लेखसार

नेपालमा बहुभाषिक पाठ्यव्रmम निर्माणको सान्दर्भिकतालाई प्राज्ञिक समस्याका रूपमा लिई बहुभाषिक पाठ्यव्रmमका सान्दर्भिकता पहिल्याउनु प्रस्तुत अध्ययनको मुख्य उद्देश्यतर्फ केन्द्रित भई प्रस्तुत लेख तयार पारिएको छ । भाषिक, सांस्कृतिक तथा जातीय विविधता नै नेपालको विशेषता रहेको छ । यहाँका अधिकांश विद्यालयमा एकभन्दा बढी मातृभाषाका विद्यार्थीहरू रहेका पाइन्छन् । मनोवैज्ञानिक तथा बाल अधिकारको सम्मानका दृष्टिले बालकको मातृभाषामा शिक्षा दिनु सबैभन्दा उपयुक्त र आवश्यक हुन्छ । बहुभाषिक शिक्षाले विद्यार्थीको सिर्जनात्मक क्षमता, बौद्धिक विकास, सामाजीकरण तथा भाषिक लचकतामा वृद्धि हुने कुरा विभिन्न अध्ययनबाट देखिएको छ । नेपालले संवैधानिक, कानुनी तथा नीतिगत रूपमा मातृभाषामा शिक्षा सुनिश्चित गरिसकेकाले त्यसको प्रभावकारी कार्यान्वयनका लागि बहुभाषिक पाठ्यक्रम तथा पाठ्यसामग्री निर्माण गर्नु अत्यन्त सान्दर्भिक देखिन्छ । मातृभाषामा गुणस्तरीय शिक्षा प्रदान गर्न, बालबालिकाको संज्ञानात्मक विकासमा टेवा पु¥याउन, विभिन्न भाषा तथा संस्कृतिको पहिचान र संरक्षणमा मद्दत गर्न, शिक्षामा जनसहभागिता बढाउन, वास्तविक शिक्षा प्रदान गर्न, आफ्नै भाषामा रमाइ रमाइ सिक्ने बालमैत्री वातावरण सिर्जना गर्न विभिन्न मातृभाषामा   पाठ्यक्रम निर्माणको आवश्यकता रहेको देखिन्छ । प्रस्तुत लेखमा मूलतः नेपालको भाषिक अवस्था र बहुभाषिक शिक्षाका लागि गरिएका नीतिगत व्यवस्थाका आधारमा बहुभाषिक पाठ्यक्रम निर्माणको सान्दर्भिकताको चर्चा गरिएको छ ।

Abstract
173
PDF
15

Downloads

Published

2021-12-31

Issue

Section

Articles

How to Cite

बम स. क. . (2021). नेपालमा बहुभाषिक पाठ्यक्रम निर्माणको सान्दर्भिकता. Sotang, Yearly Peer Reviewed Journal, 3(3), 65-73. https://doi.org/10.3126/sotang.v3i3.53829