नेपाली भाषिक रूपको विश्लेषण
DOI:
https://doi.org/10.3126/sotang.v3i3.53822Keywords:
शब्दकुञ्जी ः मुक्त रूप, बद्घ रूप, कोशीय रूप, व्याकरणिक रूप, रिक्त रूप, शून्य रूप ।Abstract
लेखसार
यो लेख उद्देश्यमूलक रूपमा गुणात्मक विधिको उपयोग गरी द्वितीय स्रोतका सामग्रीहरू सङ्कलन गरी नेपाली भाषिक रूपको व्याख्या विश्लेषण गरिएको छ । नेपाली भाषिक शब्दनिर्माणमा प्रयुक्त हुने उपसर्ग, मध्यसर्ग, परसर्ग, व्युत्पादन, रूपायन र व्याकरणिक पक्षमा सहभागी हुने लघुतम अर्थयुक्त सार्थक एकाइहरू रूप हुन् । रूप मुक्त र बद्घ गरी दुई प्रकारका छन्, जस्तै ः रामले रावणलाई मा¥यो भन्ने वाक्यमा ‘रामले’, ‘रावणलाई’ ‘मा¥यो’ वाक्यका तीनवटा रूपमा ‘राम’, ‘रावण’, ‘मार’्, मुक्त रूप र ‘ले’, ‘लाई’, ‘यो’ बद्घ रूप हुन् । रूप शब्दभन्दा तल्लो वा सबैभन्दा तल्लो भाषिक एकाइ हो । अफ्रिकीमा बोलिने साहिली भाषाको रूप ९ल्ष्तबपगउभलमब० ‘निताकुपेन्डा’को अर्थ ‘म तिमीलाई माया गर्छु’ एउटै रूपका शब्द हुन् तर अङ्ग्रेजीमा यस रूपको ९लष् ˗तब ˗पग ˗उभलमब० अर्थ ९क्ष् धष्िि थयग यिखभ० भई चारवटा रूप भएका छन् । रूपविज्ञानलाई अङ्ग्रेजीमा मार्फोलोजी ९ःयचउजययिनथ० भनिन्छ । यो शब्द मार्फ ९ःयचउज० र ९ीयनयक० ग्रीक भाषाका दुई शब्दबाट निर्माण भएको हो । पाणिनिले पदलाई ‘सुबन्त र तिङन्त’ गरी दुई भागमा विभाजन गरेका छन् । शब्दका रूपायक प्रत्ययलाई ‘सुप्’ र धातुमा जोडिने प्रत्ययलाई ‘तिङ्’ विभक्तिले चिनिन्छ । रूपविश्लेषण (क) एकाइ र समायोजन (ख) एकाइ र पक्रिया (ग) शब्द र रूपावली पद्घतिको आभारमा गरिन्छ । यस लेखमा भाषिक शब्द संरचनामा प्रयुक्त हुने लघुतम सार्थक एकाइका रूपहरूमा मुक्त, बद्घ, कोशीय, व्याकरणिक, रिक्त र शून्य रूपका प्रकारहरू व्याख्या विश्लेषण गरी देखाइएको छ ।