कक्षा दशका विद्यार्थीको पठन क्षमता

Authors

Keywords:

पठन प्रवाह, विसङ्केतीकरण, ध्वनी सचेतीकरण, शव्द भण्डार, वर्ण विभेदीकरण

Abstract

प्रत्येक विषयको ज्ञान प्राप्त गर्ने मुख्य तरिका पढाइ हो। पठन गतिका कारणले थोरै समयमा धेरै विषयवस्तु पढ्न सकिन्छ । प्रस्तुत अध्ययनको उद्देश्य माध्यमिक तहका विद्यार्थीको पठन क्षमताको अध्ययन गर्नु हो। गुणात्मक ढाँचामा गरिएको यो अध्ययन व्याख्यात्मक प्रकृतिको रहेको छ । अध्ययनका क्रममा उद्देश्यपूर्ण नमुना छनोट विधिद्वारा माध्यमिक तह कक्षा दशमा अध्ययनरत विद्यार्थीहरूलाई लिइएको छ । भिन्न मातृभाषा भएका विद्यार्थीहरूको पठन क्षमतालाई आधार मानी सामग्री सङ्कलन गरिएको छ । विद्यार्थीको भाषिक पृष्ठभूमिमा आधारित भई विद्यार्थीहरूलाई पठनका लागि नेपाली भाषा पाठ्यपुस्तकको कथा विधाको एक कथाको १६० शब्दको निश्चित अनुच्छेद पठन गराइ सामग्री सङ्कलन गरिएको छ । त्यसक्रममा पठनका लागि लागेको समय, विद्यार्थीले पठनका क्रममा गरेका त्रुटि, वर्णविन्यासगत असचेततालाई पठन सिद्धान्तका आधारमा विश्लेषण गरी निष्कर्ष निकालिएको छ । माध्यमिक तहमा पठनको महत्त्वलाई आत्मसात गर्दै पठनका आधारभूत तत्त्व ध्वनि सचेतीकरण, लेख्य वर्ण सचेतीकरण, पठन प्रवाह, शब्द भण्डार, बोधको सन्तुलित संयोजनमा आधारित रही विश्लेषण गरिएको छ । यस अध्ययनबाट माध्यमिक तहका विद्यार्थीका लागि पठन क्षमता अत्यन्तै महत्त्वपूर्ण रहे पनि विद्यार्थीहरूमा औसत पठन क्षमता पनि नरहेको, वर्ण पहिचान, वर्ण विभेदीकरण, सिपमा त्रुटि देखिएका छन्। तसर्थ प्रारम्भिक तहदेखि नै वर्ण पहिचान, वर्ण विभेदीकरण, उच्चारण, पठन जस्ता सिप विकासमा जोड दिन आवश्यक देखिएको छ ।

Abstract
97
PDF
0

Downloads

Published

2025-12-31

How to Cite

कक्षा दशका विद्यार्थीको पठन क्षमता. (2025). SNPRC Journal, 6(1), 207-216. https://doi.org/10.3126/snprcj.v6i1.91811

Issue

Section

Articles

How to Cite

कक्षा दशका विद्यार्थीको पठन क्षमता. (2025). SNPRC Journal, 6(1), 207-216. https://doi.org/10.3126/snprcj.v6i1.91811