सीता—हरण खण्डकाव्यमा ईश्वर

Authors

  • नेत्रप्रसाद न्यौपाने

DOI:

https://doi.org/10.3126/shantij.v3i1-2.60929

Keywords:

ईश्वर, प्रकाशवान्, मोक्ष, रहस्यावाद लीला

Abstract

वाल्मीकि रामायणको विषयवस्तुलाई उपजीव्य बनाएर लेखिएको लक्ष्मीप्रसाद देवकोटाको ।सीता—हरण खण्डकाव्यमा ईश्वर’ नामक प्रस्तुत लेखमा ।सीता–हरण’ खण्डकाव्यअन्तर्गत ईश्वरीय स्वरूपका विषयमा विवेचना गरिएको छ । विवेच्य खण्डकाव्यमा केन्द्रित रहेर अध्ययन, अनुसन्धान भए पनि ईश्वरसम्बन्धी अध्ययन गरेको नपाइएपछि प्रस्तुत खण्डकाव्यभित्र ईश्वरको खोजी गर्ने उद्देश्यका साथ यो लेख तयार पारिएको छ । देवकोटाको ।।।सीता–हरण’ खण्डकाव्यलाई प्राथमिक स्रोतका रूपमा लिइएको छ भने पुस्तकालयीय कार्यबाट ईश्वरसँग सम्बन्धित पूर्वीय वेद,उपनिषद्, पुराण, समालोचनात्मक ग्रन्थ, इन्टरनेटका विषयसम्बद्ध सामग्री आदिलाई द्वितीयक स्रोतका रूपमा लिइएको छ । स्थापित पूर्वीय ईश्वरसँग सम्बन्धित सैद्धान्तिक मान्यतालाई केन्द्रबिन्दुमा राखेर गुणात्मक अनुसन्धान ढाँचामा आधारित भई ।सीता—हरण’ खण्डकाव्यमा ईश्वरको खोजी गरिनु यस लेखको मुख्य उद्देश्य हो । देवकोटाको उक्त कृतिमाथि ईश्वरीय विषयको खोजी हुन नसक्नु नै मूल समस्या रहेकाले सोही समस्याको समाधानमा यो लेख केन्द्रित छ । लेखलाई व्यवस्थित र पाठपरक विश्लेषण विधि अवलम्बन गरिएको छ । सीता–हरण’ खण्डकाव्यमा देखिएका ईश्वरका विविध स्वरूपको विवेचनाबाट प्राप्त निष्कर्ष यस लेखको नवीनतम ज्ञान प्राप्ति हो । ईश्वरलाई मोक्षदाता, जगत्का स्वामी, मानवीय रूप धारण गरी विविध लीला गर्ने, करुणाकर, प्रकाशवान्, अमृतमय, रहस्यवादी आदि विविध स्वरूपमा प्रस्तुत गरिएकाले विवेच्य कृतिपूर्वीय दार्शनिक पक्षको ईश्वरीय चिन्तनमा आधारित आस्तिक भावनाले ओतप्रोत भएको वैदिक ज्ञानामृतले परिपूर्ण रहेको तथ्य प्रस्तुत लेखको सारांश हो ।

Downloads

Download data is not yet available.
Abstract
30
PDF
32

Downloads

Published

2023-12-29

How to Cite

न्यौपाने न. (2023). सीता—हरण खण्डकाव्यमा ईश्वर. Shanti Journal, 3(1-2), 199–214. https://doi.org/10.3126/shantij.v3i1-2.60929

Issue

Section

Articles