उत्तरवर्ती नेपाली उपन्यासमा जीवनीपरकता
DOI:
https://doi.org/10.3126/shantij.v2i1.54053Keywords:
अनुभवोन्यास, आत्मसंस्मरण, जीवनवृत्त, नवइतिहासवादAbstract
पछिल्लो समयका औपन्यासिक कृतिहरु उत्तरवर्ती नेपाली उपन्यास हुन् । राजनीतिक परिवर्तिन र उपन्यासमा देखापरेका नवीन प्रवृत्तिका कारण २०५० सालपछिका उपन्यास पूर्ववर्ती चरणका कृतिहरुभन्दा भिन्न रहेका छन् । यस आधारमा नेपाली उपन्यासमा २०५० सालपछिको
समयावधिउत्तरवर्ती चरण हो । यस चरणका उपन्यासमा नवीन विषय र शिल्पको खोजी गरिएको छ । यस क्रममा पछिल्लो समय जीवनीपरकतालाई पनि नवीन विषयका रुपमा प्रयोग गरिएको छ । जीवनीपरकता भनेको –जीवनमा आधारित उपन्यासको विषयगत प्रयोग हो । यसै सन्दर्भमा उत्तरवर्ती नेपाली उपन्यासमा विषयका रूपमा जीवनीपरकताको प्रयोग के–कसरी गरिएको छ भन्ने समस्यामा केन्द्रित भएर यो शोधलेख तयार गरिएको छ । यसको समाधानका लागि सोद्देश्यमूलक समग्र छनोट विधिका आधारमा विश्लेष्य उपन्यासहरू चयन गरिएको छ । त्यसमा पनि उत्तरवर्ती चरणको पहिलो दशकका उपन्यासको मात्र अध्ययन गरिएको छ । समस्याको समाधानका लागि गरिने प्रायोगिक कार्यका लागि आवश्यक तथ्यहरू विश्लेष्य उपन्यासहरूबाट लिइएको छ । यसरी गरिएको अध्ययनले जीवनीपरकता उत्तरवर्ती चरणको विषयगत प्रवृत्ति रहेको देखाएको छ । यस चरणमा लेखक स्वयम्को जीवनीमा आधारित उपन्यास र अन्य जीवनीमा आधारित उपन्यास गरीमुख्यतः दुई प्रकारका जीवनीपरक उपन्यासहरू पाइएका छन् । पहिलो प्रकारका उपन्यासहरूमा पनि काल्पनिक पात्रका माध्यमबाट अभिलेखकीय जीवन र लेखक स्वयम् पात्रका रूपमा उपस्थित भएर प्रस्तुत लेखकीय जीवन गरी दुई पद्धति उपयोग गरिएको छ । अन्य जीवनीमा आधारित कृतिमा उपन्यासकारको उपस्थिति गौण रहेर वण्र्य–पात्र मुख्य भूमिकामा रहेको छ । यसको प्रयोगले नेपाली उपन्यासको विषयगत आयामलाई फराकिलो बनाएको छ । साथै महान् व्यक्तिहरूको जीवनवृत्तमा आधारित इतिहासलेखनकोव्यक्तिजीवनीका माध्यमबाट इतिहास लेखनको नवीन आयाम पनि खोजी गरेको छ ।
Downloads
6
2
Downloads
Published
How to Cite
Issue
Section
License
Copyright (c) 2023 जीवन श्रेष्ठ

This work is licensed under a Creative Commons Attribution-NonCommercial 4.0 International License.