खस जातिको ऐतिहासिक पृष्ठाधारमा बगाले थापाको मस्टो परम्परा

Authors

  • Din Bahadur Thapa Dhawalagiri Multiple Campus, Baglung

DOI:

https://doi.org/10.3126/ps.v22i1.64843

Keywords:

खस साम्राज्य, निरन्तरता, परम्परा, पृष्ठाधार, बगाले थापा, मस्टो पूजा

Abstract

प्राचीन ‘कस या शक’ जातिको आधुनिक नाम खस हो । खस भाषा बोल्ने र खस साम्राज्यको ऐतिहासिक पृष्ठभूमिबाट विकसित जात वा समुदाय विशेषलाई खस भनिन्छ । कुनै समय त्रिशुली र नारायणी नदीदेखि पश्चिममा पर्ने गण्डकी प्रदेश, कर्णाली प्रदेश तथा महाकाली पारिका कुमाऊँ, गढवाल, कश्मीर, लद्दाखसहित पञ्जावको सतलज नदी र तिब्बतको खारी प्रदेशसम्मको सवा लाख पर्वतले युक्त पर्वतीय भूभागलाई खसादेश, खसान क्षेत्र वा खस साम्राज्यका नामले चिनिन्थ्यो । यिनै खसहरुको बसोबास क्षेत्र, भाषिक पृष्ठभूमि र मस्टो परम्परा केकसरी विकास भयो भन्ने सन्दर्भलाई जोडेर यो लेख तयार गरिएको छ । खसहरुको मौलिक पहिचान, परम्परा र निरन्तरता भनेकै खस भाषा र मस्टो पूजा हो । खसहरु मध्येकै सैनिकको लस्कर वा बगालमा बसी नयाँ राज्य स्थापना गर्नमा विशेष भूमिका खेल्ने थरहरुमा बगाले थापाहरु पनि हुन् । बगाले थापाका मूल पुरुष कालु थापा मानिन्छन् । उनैका सन्ततिहरु देशका विभिन्न भूभागमा छरिएर रहेका छन् । यिनै खसहरु र बगाले थापाहरुको ऐतिहासिक पृष्ठभूमि तथा मस्टो पूजा परम्पराको खोजी गर्नु यस लेखको मुख्य उद्देश्य रहेको छ । पुस्तकालयीय अध्ययनबाट खसको ऐतिहासिक र भाषिक पृष्ठाधारको खोजी गरिएको छ भने क्षेत्रीय अध्ययनबाट पर्वत, बागलुङ, म्याग्दी र रोल्पामा बसोबास गर्ने बगाले थापा र उनीहरुले पुज्ने मस्टो परम्पराको चर्चा गरिएको छ । यस आलेखमा नेपाली भाषा र मस्टो परम्परा खस जातिका मौलिक विशेषता हुन् भन्ने निष्कर्ष निकालिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
17
PDF
17

Author Biography

Din Bahadur Thapa, Dhawalagiri Multiple Campus, Baglung

Din Bahadur Thapa is a Professor of Nepali language, at Tribhuvan University, Nepal. He has got PhD in Sociolinguisticsfrom TU, Nepal. His focal area of study is socio-linguistics and Nepali Folklore.

Downloads

Published

2024-04-16

How to Cite

Thapa, D. (2024). खस जातिको ऐतिहासिक पृष्ठाधारमा बगाले थापाको मस्टो परम्परा. Pragnya Sarathi प्रज्ञा-सारथि, 22(1), 66–73. https://doi.org/10.3126/ps.v22i1.64843

Issue

Section

Articles