भाषाविज्ञानको उद्भव र विकासमा पूर्वीय संस्कृत परम्पराको योगदान

Authors

  • गणेशप्रसाद Ganeshprasad शर्मा Sharma धवलागिरि बहुमुखी क्याम्पस, बागलुङ

DOI:

https://doi.org/10.3126/ps.v21i1.59653

Keywords:

संस्कृत, योगदान, भाषाविज्ञान, उद्भव, परम्परा, पूर्वीय

Abstract

यो लेख भाषाविज्ञानको उद्भव र विकासमा संस्कृत भाषा र व्याकरणको अध्ययन परम्पराले पु¥याएको योगदानमा आधारित रहेको छ । संस्कृत भाषाका विद्वान्आचार्यहरूले भाषा र व्याकरणको खोजअन्वेषणका क्रममा आधुनिक भाषाविज्ञानलाई पृष्ठपोषण प्राप्त हुने केकस्तो योगदान पु¥याएका छन्भन्ने मूल समस्याको समाधानमा केन्द्रित भएर उक्त समस्याको विश्लेषण गर्ने उद्देश्य रहेको छ । यही उद्देश्यको सीमामा रही मुख्यतः पुस्तकालय र आंशिक रूपमा क्षेत्रीय अध्ययनविधिको प्रयोग गरेर संस्कृत परम्परामा भएका भाषावैज्ञानिक गुणका अध्ययन कार्य र त्यसले आधुनिक भाषाविज्ञानको विकासमा पु¥याएको योगदानलाई यसमा सङ्क्षिप्त रूपमा देखाइएको छ । आधुनिक भाषाविज्ञानको वैज्ञानिक विकास १९औँ शताब्दीदेखि पश्चिमबाट थालनी भएको देखिए पनि पूर्वीय संस्कृत परम्पराका वैदिकयुग, पाणिनियुग र पाणिनिउत्तर युगसम्मको अतिदीर्घ समयावधिमा विद्वान्आचार्यहरूले भाषा र व्याकरणको निकै सम्पन्न परम्परा स्थापित गरेका छन्। यसले आधुनिक भाषाविज्ञानको उद्भव र विकासमा आवश्यक पृष्ठभूमि प्रदान गरेको छ । तसर्थ आधुनिक भाषाविज्ञानको श्रीवृद्धिमा पूर्वीय संस्कृत भाषा र व्याकरण परम्पराको योगदान अविस्मरणीय रहेको छ भन्ने कुरालाई यसमा देखाइएको छ ।

Downloads

Download data is not yet available.
Abstract
44
PDF
34

Author Biography

गणेशप्रसाद Ganeshprasad शर्मा Sharma, धवलागिरि बहुमुखी क्याम्पस, बागलुङ

नेपाली विभाग

Downloads

Published

2023-11-02

How to Cite

शर्मा Sharma ग. G. (2023). भाषाविज्ञानको उद्भव र विकासमा पूर्वीय संस्कृत परम्पराको योगदान. Pragnya Sarathi प्रज्ञा-सारथि, 21(1), 47–52. https://doi.org/10.3126/ps.v21i1.59653

Issue

Section

Articles