बालविकासमा सहजकर्ता र व्यवस्थापकको भूमिका

Authors

  • शिवप्रसाद Shivaprasad पौडेल Poudel धवलागिरि बहुमुखी क्याम्पस, बागलुङ

DOI:

https://doi.org/10.3126/ps.v21i1.59650

Keywords:

उत्प्रेरक, प्रारम्भिक बालविकास केन्द्र, पूर्व विद्यालय, मातृ विद्यालय, व्यवस्थापन समिति, योजनाकार, सहजकर्ता

Abstract

यो अध्ययन प्रारम्भिक बालविकास सहजकर्ताले बालविकासमा खेलेको भूमिका र केन्द्रको व्यवस्थापकीय पक्षले बालविकासमा पारेको प्रभावमा केन्द्रित रहेर गरिएको छ । अध्ययनको लागि बागलुङ जिल्ला गल्कोट नगरपालिका वार्ड नं. आठका चारवटा प्रारम्भिक बालविकास केन्द्रलाई आधार बनाइएको छ । सुविधाजनक विधिको प्रयोग गरी त्यहाँका भौतिक अवस्था, सहजकर्ता, मातृ विद्यालयका प्र.अ., व्यवस्थापन समितिका अध्यक्ष, विद्यार्थीका अभिभावकलाई नमूनाको रूपमा छनौट गरी सूचना सङ्ककलनमा अभिभावकसँग समूह छलफल, प्र.अ. र सहजकर्ताका लागि प्रश्नावली, अवलोकन फारम र अन्तरवार्ताबाट प्राप्त तथ्यलाई विकसित सिद्धान्तको उपयोग गरी विश्लेषण गरिएको छ । सम्पूर्ण व्यवस्थापकीय पक्ष तथा सहजकर्ताका व्यवहारलाई सीमा निर्धारण गरी मिश्रित अनुसन्धान विधिको प्रयोग गरी यो अध्ययन गरिएको छ । यसबाट सहजकर्ताले उपलब्ध सीमित स्रोत र साधनका बाबजुद पनि कर्तव्यनिष्ठ भएर बालकको सर्वाङ्गीण विकासमा सकरात्मक भूमिका निर्वाह गरेको र व्यवस्थापकीय पक्षले पनि उपलब्ध भएका स्रोतसाधनलाई उचित व्यवस्थापनद्वारा बालमैत्रीपूर्ण व्यवस्थापन गरेर बालविकासमा सहयोग पु¥याए तापनि सहजकर्ता सन्तुष्ट नभएको कारण कार्यान्वयनमा देखिएका समस्यालाई निवारण गर्न विविध स्रोतबाट आर्थिक स्रोत जुटाएर सन्तुष्ट हुने वातावरणको सिर्जना गर्न सकिने कुरालाई यस अध्ययनबाट देखाउन खोजिएको छ ।

 

Downloads

Download data is not yet available.
Abstract
78
PDF
49

Author Biography

शिवप्रसाद Shivaprasad पौडेल Poudel, धवलागिरि बहुमुखी क्याम्पस, बागलुङ

पाठ्यक्रम तथा मूल्याङ्कन विभाग

Downloads

Published

2023-11-02

How to Cite

पौडेल Poudel श. . S. (2023). बालविकासमा सहजकर्ता र व्यवस्थापकको भूमिका. Pragnya Sarathi प्रज्ञा-सारथि, 21(1), 27–34. https://doi.org/10.3126/ps.v21i1.59650

Issue

Section

Articles