अभिघातका दृष्टिले छिमेकी कथाको विश्लेषण
DOI:
https://doi.org/10.3126/pragyaratna.v5i1.59699Keywords:
ग्रामीण, पात्र, अभिघात, छिमेकीAbstract
कथाकार गुरुप्रसाद मैनालीका हरेक कथाहरु सरल र सुबोद्य छन् । उनका कथाहरु धेरै पहिले लेखिएका भए तापनि आज पढ्दा पनि वर्तमान नेपाली समाजको आजै भएको घटना जस्तो लाग्छ । यसको उदाहरण छिमेकी कथा हो । आज पनि नेपाली गाउँ घरमा गुमाने र धनजिते जस्ता प्रतिनिधि पात्रहरु जस्तै एक मुठी घाँसको निहुँमा झैझगाडा गरिरहेका होलान्। उनीहरुको झगडाका कारण एकले अर्कोलाई अभिघात हुने वचन लगाएका छन्। उनीहरुको बिचमा एउटा सानो निहुँमा झगडा भएको छ । एउटाले भनेको वचनले अर्कोलाई चोट परेको छ चोट पर्नु भनेको अभिघात हुनु हो । मैनालीको प्रस्तुत कथाले अभिघातित पक्षलाई जोडेर अन्त्यमा आँठे रोगको प्रसङ्ग उठाएर दुबै छिमेकीलाई कहिल्यै नछुट्ने गरी मिलाइएको देखाएर कथा अन्त्य गरिएको छ । एउटा सानो कुरामा अरूले उचालेको भरमा उचालिनु नहुने र घमण्ड पनि गर्नु नहुने निष्कर्षमा प्रमुख पात्र गुमाने र धनजिते पुगेका छन्। कहिले काँही सानो कुरामा छिमेकीसँग झैझगडाले अभिघातित भए तापनि गुमानेको जस्तो व्यवहार प्रस्तुत गर्नुपर्ने मुख्य उपलब्धि यस कथाको रहेको छ ।