‘म त बन्दी भएको छु’ कविता सङ्ग्रहमा यथार्थता

Authors

  • गणेशराज Ganeshraj अधिकारी Adhikari महेन्द्ररत्न क्याम्पस, ताहाचल, त्रिभुवन विश्वविद्यालय

DOI:

https://doi.org/10.3126/pragyaratna.v5i1.59696

Keywords:

रूपक, नेल, प्रवर्तक, विधा

Abstract

‘म त बन्दी भएको छु’ कविता सङ्ग्रहमा यथार्थताको खोजी गर्नु नै यस लेखको विषय हो । उक्त कविता सङ्ग्रहभित्र अभिव्यक्त यथार्थ पक्षको पहिचान गरी विश्लेषण गर्नु यस लेखको उद्देश्य हो । पुस्तकालय कार्यका आधारमा पुस्तक पठन विधिको प्रयोग गरी सङ्कलन गरिएका यथार्थताको पक्षलाई पाठ विश्लेषण विधिका आधारमा विश्लेषण गरिएको छ । कविता सङ्ग्रहलाई प्राथमिक स्रोतका रूपमा अपनाई लेखमा अपनाइएका विभिन्न विद्वानका लेख, टिप्पणी तथा पूर्वकार्यलाई द्वितीयक सामग्रीका रूपमा अपनाइएको छ । यथार्थताको अध्ययन गर्ने क्रममा कवितामा व्यक्त समाज, राजनीतिक व्यवस्था, अर्थव्यवस्था, संस्कार, संस्कृतिलाई प्राथमिकतामा राखिएको छ । कवितामा व्यक्त विषयवस्तु गरिबी, अभाव, पीडा, विसङ्गति, व्यङ्ग्य, समसामयिक दृष्टिकोण, आशावादी जीवनदृष्टिजस्ता स्वर स्वाभाविक रूपमा अभिव्यक्त भएका छन् । यथार्थमा काव्य सङ्ग्रहले देश, जनता, जाति, संस्कृति, सभ्यता र सांस्कारिक पक्षलाई केन्द्र बनाएर अगाडि बढेकोले राष्ट्रिय भाव काव्यमा स्वतः समेटिएको छ । गुणात्मक पद्धतिका माध्यमबाट कविता सङ्ग्रहलाई प्राथमिक स्रोतको सामग्रीका रूपमा उपयोग गरिएको छ । कवितामा यथार्थताको खोजी गरिएकाले प्रस्तुत लेखको पठन र अन्तर्पठनबाट सरोकारवाला पाठक तथा यथार्थताको अध्ययन गर्ने जो कोही अध्येतालाई प्रस्तुत लेख उपयोगी रहेको छ ।

Downloads

Download data is not yet available.
Abstract
52
PDF
46

Downloads

Published

2023-11-03

How to Cite

अधिकारी Adhikari ग. G. (2023). ‘म त बन्दी भएको छु’ कविता सङ्ग्रहमा यथार्थता . Pragyaratna प्रज्ञारत्न, 5(1), 237–248. https://doi.org/10.3126/pragyaratna.v5i1.59696

Issue

Section

Articles