पौरस्त्य वाङ्मयका आलोकमा अलकापुरी सभा उपन्यास
DOI:
https://doi.org/10.3126/ppj.v5i1.85853Keywords:
पावनभूमि, जगज्जननी, वाटिका, स्वर्ग, जीवनलीला, अप्सराAbstract
अलकापुरी सभा उपन्यास पाँच खण्डमा विभाजन गरिएको विशालकाय उपन्यास हो । प्रस्तुत आलेखमा पूर्वीय वाङ्मयमा आधारित रहेर दार्शनिक उपान्यास अलकापुरी सभाको चर्चा गरिएको छ । यसको प्रायोगिक पुष्टिका लागि प्रेमराज न्यौपानेद्वारा रचित अलकापुरी सभा शीर्षकको दार्शनिक उपन्यासलाई लिइएको छ । यस उपन्यासमा भएका विभिन्न प्रसङ्गलाई पौरस्त्य वाङ्मयको आलोकमा पुष्टि गर्ने प्रयत्न भएको छ । वाङ्मयको अर्थ व्यापक छ तर यहाँ नीतिचेतना खास गरी समाजमा एक अर्काप्रति गरिने नैतिकतायुक्त व्यवहारलाई सङ्केत गर्छ । समाजले निर्धारण गरेको नैतिक भूमिका र त्यसका आडमा नीतिगत व्यवहारका पक्षहरूलाई यसले सङ्केत गर्छ । त्यस्तै पूर्वीय दर्शन प्रधान समाजमा वैदिक कालदेखि आजसम्मका नीतिगत आचरण र व्यवहारलाई प्रस्तुत गर्छ भन्ने कुरालाई यस लेखका माध्यमबाट स्पष्ट पार्न खोजिएको छ । यस उपन्यासमा भएका अनेकथरी नीतिगत व्यवहारको अवस्थालाई देखाउँदै जगज्जननी माता र जगत्पिताका बिचको सम्बन्ध अनि मेनका, इन्द्र, प्रकृति, पृथ्वीलगायतका पात्रहरूको संवादबाट विश्वकल्याणको कामना गरिएको मूल भावको उद्घाटन यसमा गरिएको छ । जगज्जननी माता र जगत्पिताकै कारण विश्वका मानव, यावत् पशुपक्षीहरू र सृष्टिका सम्पूर्ण वस्तुले पालना गर्नुपर्ने नीतिगत आधार एवम् यसबाट हुने विश्वकल्याणको कार्यलाई प्रस्तुत गरिएको यो आलेख पूर्वीय वाङ्मयलाई आधार बनाएर प्रस्तुत उपन्यासमा नीतिचेतनाको अवस्था के कस्तो छ भनेर बुझ्न चाहनेहरूका लागि उपयोगी हुनेछ ।