अमरसिंह नाटकमा आङ्गिक अभिनय
DOI:
https://doi.org/10.3126/ppj.v3i01.59082Keywords:
शरीर, परावृत्त, असंयुत, उपाङ्ग, निहञ्चितAbstract
प्रस्तुत अध्ययनमा ‘अमरसिंह’ नाटकमा प्रयुक्त आङ्गिक अभिनयको विश्लेषण गर्नुलाई मुख्य समस्याका रूपमा प्रस्तुत गरिएको छ । यसमा ‘अमरसिंह’ नाटकमा प्रयुक्त आङ्गिक अभिनयको अध्ययन र त्यसले नाटकको प्रभावकारितामा दिएको योगदान देखाउने उद्देश्य राखिएको छ । यस लेखमा प्राथमिक तथा द्वितीयक सामग्रीको सङ्कलन गरिएको छ विश्लेषणात्मक पद्धतिको उपयोग गरी सामग्री विश्लेषण गरिएको छ । ‘अमरसिंह’ नाटकमा नेपाल र अङ्ग्रेजका बिचमा भएको युद्ध र सन्धिको सन्दर्भ, त्यसमा अमरसिंहले दिएको वीरतामूलक योगदान तथा अमरसिंहको जीवनको अन्त्यको सन्दर्भ समेत नाटकीयताका माध्यमबाट प्रस्तुत गरिएको छ । पूर्वीय संस्कृत आचार्य भरतले प्रस्तुत गरेका नाट्य अभिनयको सिद्धान्तका आधारमा विश्लेषण गरिएको यस लेखको विवेच्य नाटकमा आङ्गिक, वाचिक, आहार्य र सात्विक चारै किसिमका अभिनयको प्रयोग गरिएको छ । नाटककारको निर्देशन तथा पात्रहरूको अभिनय दुवै स्तरबाट उक्त अभिनय भएको पुष्टि हुन्छ । आङ्गिक अभिनयको शारीर वा शाखा अङ्ग अभिनय अन्तर्गतका शिर, हस्त, उर, पाश्र्व, कटी र पाद अभिनय तथा मुखज वा उपाङ्ग अभिनयअन्तर्गतका आँखा, आँखिभौँ, ओठ, गाला, चिउँडो जस्ताउपाङ्गको अभिनय भएको छ । यी विभिन्न अङ्ग उपाङ्गको अभिनय प्रस्तुत भएकाले ‘अमरसिंह’ नाटक अस्वाद्य बनेकोछ । अभिनयका यिनै प्रकार र तिनले सिर्जना गरेको नाटकीय प्रभावकारिता र गुणवत्तालाई यस अनुसन्धानमा प्रस्तुत गर्दैनाटक अभिनयका दृष्टिले सफल भएको निष्कर्ष दिइएको छ ।