गाउँको भकारी कथामा वर्गीयता {Classism in 'Gaunko Bhakari' Stories}
DOI:
https://doi.org/10.3126/pp.v11i1.55612Keywords:
समाजवादी यथार्थवाद, अन्तर्विरोध, द्वन्द्वात्मक भौतिकवाद, प्रतिरोधी चेतना, वर्गीयता BargiyataAbstract
प्रस्तुत लेखमा शिवप्रसाद पौड्यालद्वारा लेखिएको ‘गाउँको भकारी’ कथामा विद्यमान वर्गीय सङ्घर्ष र प्रतिरोधी चेतनाको अवस्था पहिल्याएर समाजवादी यथार्थवादी दृष्टिकोणबाट अध्ययन विश्लेषण गरिएको छ । शोध्यप्रश्नको रूपमा प्रस्तुत गरिएको जिज्ञासाको प्राज्ञिक समाधानका लागि पाश्चात्य साहित्य सिद्धान्तमा देखा परेर सर्वत्र विकसित भएको माक्र्सवाद सम्बन्धी वर्गीय अवधारणालाई आधार बनाइएको छ । कृतिको अर्थापनका लागि सघन पाठविश्लेषण विधिअनुसार सूक्ष्म पठनद्वारा स्थापित सिद्धान्तका आधारमा सन्दर्भपरक विश्लेषण गरी निष्कर्षमा पुगिएकाले यो अध्ययन गुणात्मक प्रकृतिको छ । विवेच्य कथामा प्रस्तुत समाजवादी यथार्थवादी समस्याका विषयलाई मूल प्राज्ञिक समस्या बनाएर त्यसको समाधान खोज्न कृतिमा वर्गीयस मस्याअन्तर्गत पर्ने पूँजीपति वर्गका मानसिकता र व्यवहार तथा श्रमजीवी वर्गका अवस्था र प्रतिरोधी चेतना जस्ता समस्याका आधारमा मात्र अध्ययन विश्लेषण गरी निष्कर्षमा पुगिएको छ । नेपाली समाजमा विद्यमान शोषक र शोषित वर्गका मानिसहरूका बिचमा चल्दै आएको अन्तरविरोधलाई कथाको विषयवस्तु बनाएको छ । पूँजीपति वर्गको प्रतिनिधित्व धर्मानन्द साहू र श्रमजीवी वर्गको प्रतिनिधित्व हर्के र रामगोपालले गरेको प्रस्तुत कथामा समाजमा उच्च वर्गले निम्न वर्गमाथि गर्ने गरेका शोषण, दमन, अन्याय, अत्याचार, अवहेलना, र हेपाहा प्रवृत्तिलाई देखाउँदै त्यस्ता प्रवृत्तिका विरुद्ध निमुखा वर्गले गरेको सङ्घर्ष र अप्रत्यक्ष प्रतिरोधी चेतनालाई कथामा प्रस्तुत गरिएको छ । कुनै पनि व्यक्ति वा वर्गलाई समृद्धितर्फ डोर्याउनका निम्तिचेतना मुख्य कारक तत्त्व हुने, गरिबीका कारण एक्लै गर्न नसकिने कार्य पनि सङ्गठित भएर गर्न सकेमा समस्याको दीर्घकालीन समाधान गरी समस्याबाट सहजै उन्मुक्ति पाउन सकिने, निमुखाहरू पनि एक ढिक्का भएर आफ्नो जीवनस्तर माथि उठाउने कार्यतर्फ लाग्न सक्ने हो भने धर्मानन्द जस्ता शोषक, सामन्त तथा फटाहाको पनि समाजमा केही जोर नचल्ने र उनीहरू पनि क्रमशः सुधारतर्फ उन्मुख हुनुपर्ने निष्कर्ष प्रस्तुत कथाको अध्ययनबाट प्राप्त भएको छ ।
Downloads
16
14