भाँडो कथामा बाह्य सीमित दृष्टिविन्दुगत पद्धति {An External Limited Viewpoint Approach to Bhando}
DOI:
https://doi.org/10.3126/kdk.v5i1.73656Keywords:
चरमोत्कर्षता, चेतन मन, जीवनमूलप्रवृत्ति, दृष्टिविन्दुपात्र, समाख्याताAbstract
प्रस्तुत लेखमा दृष्टिविन्दुको सैद्धान्तिक पर्याधारको केन्द्रीयतामा गोविन्दबहादुर मल्लद्वारा लिखित ‘भाँडो’ कथाको मूल्याङ्कन गरिएको छ । उक्त कथामा प्रयुक्त बाह्य सीमित दृष्टिविन्दुगत पद्धतिहरूको खोजी गर्नाका निम्ति यो अध्ययन गरिएको हो । प्राथमिक एवम्द्वितीयक स्रोतका सामग्रीको उपयोग गरी बाह्य सीमित दृष्टिविन्दुको सैद्धान्तिक पर्याधारलाई आधार मानी पाठविश्लेषणात्मक अनुसन्धान विधि अपनाई यस लेखलाई पूर्ण बनाइएको छ । सीमितदर्शी असंलग्न समाख्याताको आबद्धता, कथानकनिर्मितिमा एकल पात्रको केन्द्रीयता, पात्रविधानमा एकल पात्रको सर्वोपरिता, सारवस्तुको प्रस्तुतीकरण र बोधको माध्यममा एकल पात्रको केन्द्रीयता तथा एकल पात्रको मनोविश्लेषण गरी पाँचओटा सूचकको केन्द्रीयतामा प्रस्तुत कथाको विश्लेषण गरिएको छ । यस लेखको अन्त्यमा एकमात्र तृतीय पुरुष पात्रको केन्द्रीयतामा कथाका समाख्याता, कथानक, पात्र, सारवस्तुर मनोविश्लेषणजस्ता पक्षहरूको विधान गर्ने पद्धतिको अनुसरणमा निर्मित प्रस्तुत कथा लघु, सुगठित र प्रभावान्वितिपूर्ण बनेको एवम्यस्तो बाह्य सीमित दृष्टिविन्दुगत पद्धतिको प्रयोग गर्ने विशिष्ट सामथ्र्य कथाकार गोविन्दबहादुर मल्लमा रहेको तथा यस अध्ययनले स्रष्टालाई एकमात्र तृतीय पुरुष पात्रको केन्द्रीयतामा आख्यानात्मक कृति रचना गर्ने, समालोचक र अध्ययनकर्तालाई आख्यानात्मक कृतिको मूल्य पहिल्याउने एवम् पाठकलाई कृतिको संरचनात्मक र सारवस्तुगत पक्षको आस्वादन गर्ने कार्यमा सघाउने सार प्राप्त हुनुलाई निष्कर्षका रूपमा प्रस्तुत गरिएको छ ।
Downloads
Published
How to Cite
Issue
Section
License
This work is licensed under a Creative Commons Attribution-NonCommercial 4.0 International License.
This license enables reusers to distribute, remix, adapt, and build upon the material in any medium or format for noncommercial purposes only, and only so long as attribution is given to the creator.