एक पुनर्निर्मित प्रेमाख्यान उपन्यासमा अस्तित्वबोध {Existential Realisation in Ek Punarnirmit Premkhyaan}
DOI:
https://doi.org/10.3126/kdk.v5i1.73655Keywords:
निस्सार, चयन, अस्तित्वशील, जडता, समस्याAbstract
एक पुनर्निर्मित प्रेमाख्यान उपन्यासका पात्रमा अस्तित्वबोधको अभिव्यक्तिको अवस्थाका बारेमा विश्लेषण गर्ने उद्देश्यले प्रस्तुत लेख तयार पारिएको हो । यस लेखको विषयको क्षेत्रका रूपमा ध्रुवचन्द्र गौतमको एक पुनर्निर्मित प्रेमाख्यान उपन्यासको विश्लेषण गर्नु रहेको छ । यस लेखमा एक पुनर्निर्मित प्रेमाख्यान उपन्यासका पात्रमा अस्तित्वबोधको अभिव्यक्ति कसरी भएको छ भन्ने प्राज्ञिक जिज्ञासालाई मुख्य समस्या बनाइएको छ । बहुसत्यमा विश्वास गरिएको यस लेखमा गुणात्मक अनुसन्धानढाँचा अवलम्बन गरिएको छ । यस अध्ययनमा अस्तित्वबोधक एक पुनर्निर्मित प्रेमाख्यान उपन्यासका पात्रमा अस्तित्वबोधको अभिव्यक्तिको अवस्थाका बारेमा विश्लेषण गर्ने उद्देश्यले प्रस्तुत लेख तयार पारिएको हो । यस लेखको विषयको क्षेत्रका रूपमा ध्रुवचन्द्र गौतमको एक पुनर्निर्मित प्रेमाख्यान उपन्यासको विश्लेषण गर्नु रहेको छ । यस लेखमा एक पुनर्निर्मित प्रेमाख्यान उपन्यासका पात्रमा अस्तित्वबोधको अभिव्यक्ति कसरी भएको छ भन्ने प्राज्ञिक जिज्ञासालाई मुख्य समस्या बनाइएको छ । बहुसत्यमा विश्वास गरिएको यस लेखमा गुणात्मक अनुसन्धानढाँचा अवलम्बन गरिएको छ । यस अध्ययनमा अस्तित्वबोधकका कारण वैयक्तिक निर्णय गरेको मान्छेले भोग्नुपरेका समस्याका कारण निराशा र एक्लोपनको अनुभव गरेकोहुन्छ भन्ने कुरालाई तŒवमीमांसाका रूपमा ग्रहण गरिएको छ र शोधदर्शनका बिचमा सामञ्जस्यसमेत कायम गरिएको छ । अध्ययनको क्षेत्र र समस्यासँग आबद्ध रहेका प्राथमिक र द्वितीयक स्रोतका सामग्रीको अध्ययन गरी प्राप्त तथ्यका आधारमा पाठविश्लेषण अध्ययनविधिको उपयोगका आधारमा लेखलाई पूर्ण बनाइएको छ । यस अध्ययनमा पाश्चात्य चिन्तन परम्परामा स्थापित अस्तित्ववादी जीवनदर्शनलाई सैद्धान्तिक आधार बनाइएको छ । यसै सिद्धान्तको आशयअनुरूपका वैयक्तिक निर्णय, जीवनप्रतिको निराशा र एक्लोपनलाई सूचक बनाई निर्धारित उपन्यासको विश्लेषण गरिएको छ । विश्लेषित उपन्यासमा अस्तित्वशील पात्रले स्वत्वको विकासका निम्ति जडताबाट असन्तुष्ट भई चयनलाई अवलम्बन गर्दा समस्याको सामना गर्नुपर्दा जीवनप्रति निराशा र एक्लोपनको अनुभूति गरे पनि समस्यालाई भोग्दै जीवन बाँच्ने प्रतिबद्धता व्यक्त गर्नुले तिनमा अस्तित्वबोधको भावना रहेको छ भन्ने कुरालाई आख्यानसँग सम्बद्ध गराई अभिव्यक्त गरिएको छ भन्ने निष्कर्षात्मक प्राप्ति यस अध्ययनकोरहेको छ ।
Downloads
Published
How to Cite
Issue
Section
License
This work is licensed under a Creative Commons Attribution-NonCommercial 4.0 International License.
This license enables reusers to distribute, remix, adapt, and build upon the material in any medium or format for noncommercial purposes only, and only so long as attribution is given to the creator.