‘साल्गीको बलात्कृत आँसु’ कथामा वर्गीय द्वन्द्व {Class Struggles in Salgi's Raped Tears}

Authors

  • सुरज Suraj पौडेल Poudel Department of Nepali Education, Prithvi Narayan Campus, Tribhuvan University, Pokhara, Nepal

DOI:

https://doi.org/10.3126/kdk.v3i1.52127

Keywords:

वर्गीय चित्रण, बलात्कृत, लैङ्गिक उत्पीडन, प्रताडना, विद्रोह, वेश्यालय

Abstract

प्रस्तुत ‘साल्गीको बलात्कृत आँसु’कथामा वर्गीय द्वन्द्व शीर्षकको आलेख माक्र्सवादी वर्गीय चिन्तनका कोणबाट कथालाई विश्लेषण गर्ने उद्देश्यले तयार पारिएको हो । आलेख तयार पार्ने सन्दर्भमा मूलतः पुस्तकालय कार्यको उपयोग गरी संकलन गरिएका प्राथमिक र द्वितीयक स्रोतका सामग्रीहरूको अध्ययनबाट प्राप्त तथ्यलाई तर्क, प्रमाण÷साक्ष्य र उदाहरणका आधारमा पुष्टि गरिएको छ । कथामा प्रयुक्त ल्वाँगे घर्ती, सरदार्नी लगायतका पात्रहरूले शोषक र सामन्त वर्गको प्रतिनिधित्व गरेका छन् भने साल्गी, साल्गीकी आमा, आवा लगायतका पात्रहरूले शोषितपीडित वर्गको प्रतिनिधित्व गरेका छन् । खासगरी ल्वाँगे घर्तीजस्तो दलालले गाउँकी सोझी केटी साल्गीलाई आर्थिक प्रलोभनमा पारी जागिर लगाइदिने बहानामा कानपुरको वेश्यालयमा पु¥याई नारकीय जीवन बिताउन बाध्य बनाएको छ । साल्गीको देह व्यापारबाट वेश्यालयकी मालिक्नी सरदार्नी रातारात धनी बनेकी छ तर साल्गी जीर्ण शरीर र विदीर्ण हृदय लिएर गाउँ र घरपरिवारको सम्झनालाई केवल हृदयमा सजाएर बाँच्न विवश छ । वर्गीय चिन्तनका कोणबाट कथालाई दृष्टिगत गर्दा कथाका निम्नवर्गीय पात्रहरू गरिबी÷अभाव र अशिक्षाको शिकार, यौन शोषण र प्रताडना, लैङ्गिक उत्पीडनबाट आक््रmान्त छन् । यति हुँदाहुँदै पनि निम्नवर्गीय पात्रहरू सम्भ्रान्त वर्गको शोषणका विरुद्ध सशक्त रूपमा उत्रिएका छन् । सम्भ्रान्त वर्गका पात्रहरूको क्रुरतापूर्ण व्यवहारका विरुद्ध निम्नवर्गीय पात्रहरूले सङ्घर्ष र विद्रोहको आगो ओकलेका छन् । कार्ल माक्र्सले भनेझैँ सम्भ्रान्त वर्गको शोषण र उत्पीडनबाट मुक्ति पाउनका लागि निम्नवर्गीय पात्रहरूले गरेका प्रयत्नका कारण कथा वर्गीय द्वन्द्वका कोणबाट सफल देखिएको छ ।

 

Downloads

Download data is not yet available.
Abstract
38
PDF
66

Author Biography

सुरज Suraj पौडेल Poudel, Department of Nepali Education, Prithvi Narayan Campus, Tribhuvan University, Pokhara, Nepal

Assistant Professor

Downloads

Published

2023-02-10

How to Cite

पौडेल Poudel स. . S. . (2023). ‘साल्गीको बलात्कृत आँसु’ कथामा वर्गीय द्वन्द्व {Class Struggles in Salgi’s Raped Tears}. Kaumodaki: Journal of Multidisciplinary Studies, 3(1), 106–113. https://doi.org/10.3126/kdk.v3i1.52127

Issue

Section

Articles