नदीको राजमार्ग लघुकथासङ्ग्रहमा अन्त्य व्यवस्थापन

Authors

  • Bhumiraj Bastakoti

DOI:

https://doi.org/10.3126/kanyaj.v6i01.87724

Keywords:

अन्त्य व्यवस्थापन, खुला अन्त्य, बन्द अन्त्य, लघुकथासङ्ग्रह, व्यङ्ग्यात्मक अन्त्य ।

Abstract

प्रस्तुत लेख नदीको राजमार्ग लघुकथासङ्ग्रहमा अन्त्य व्यवस्थापनसँग सम्बन्धित रहेर तयार पारिएको छ । अन्त्य व्यवस्थापन लघुकथाको अति महŒवपूर्ण पाटो रहेकाले यस्तो शीर्षक चयन गरिएको हो । नदीको राजमार्ग लघुकथासङ्ग्रहमा अन्त्यको व्यवस्थापन कसरी गरिएको छ ? भन्ने मूल शोधप्रश्न लिएर यसमा अध्ययन गरिएको छ । सङ्ग्रहमा प्रस्तुत अन्त्य व्यवस्थापनका पद्धतिको विश्लेषण गर्दै त्यसको प्रभावकारिताको चित्रण गर्नु यसको खास उद्देश्य हो । लघुकथासङ्ग्रहको चयन तथा त्यसभित्रका लघुकथाको चयनमा सोद्देश्यमूलक नमुना छनोट विधि अवलम्बन गरिएको छ । गुणात्मक अनुसन्धान ढाँचाभित्र रही पाठविश्लेषण विधिको उपयोग यसमा गरिएको छ । नेपाली समालोचनामा अन्त्य व्यवस्थापनका मूलतः खुला र बन्द गरी दुई प्रकार उल्लेख गरिएकामा पूर्व अध्येताका पुस्तक तथा शोधलेखबाट तिनको सैद्धान्तिक आधार लिँदै अन्य छ प्रकारका अन्त्य व्यवस्थापनको अवधारण यसमा प्रस्तुत गरेर लघुकथाको विश्लेषण गरिएको छ । नदीको राजमार्ग लघुकथासङ्ग्रह अन्त्य व्यवस्थापनका दृष्टिले विविधतामय बन्दै केही कमजोरीका बाबजुद लघुकथाको चोटिलो वा झड्कामय प्रभावकारिता कायम राख्न सफल देखिएको छ भने अन्य लघुकथासङ्ग्रहमा अन्त्यका थप सम्भावना हुनसक्नेतर्पm ध्यान दिँदै नेपाली समालोचनाले विमर्शलाई अघि बढाउनुपर्ने निष्कर्ष यस शोधलेखमा प्रस्तुत गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
0
PDF (नेपाली)
1

Published

2025-12-31

How to Cite

Bastakoti, B. (2025). नदीको राजमार्ग लघुकथासङ्ग्रहमा अन्त्य व्यवस्थापन. Kanya Journal, 6(01), 126–136. https://doi.org/10.3126/kanyaj.v6i01.87724

Issue

Section

Research Article