कृष्ण सेनका कविताहरूमा वक्रोक्तिविधान

Authors

Keywords:

वक्रोक्तिविधान, प्रतीक, काव्यशास्त्र, सौन्दर्य

Abstract

यस अनुसन्धानमा आधुनिक नेपाली कवि कृष्ण सेन (२०१३–२०५९) का कविताहरूमा प्रयुक्त वक्रोक्तिविधानको सैद्धान्तिक तथा प्रयोगात्मक अध्ययन गरिएको छ । संस्कृत काव्यशास्त्री आचार्य कुन्तकद्वारा प्रतिपादित वक्रोक्तिविधान सिद्धान्तलाई अध्ययनको सैद्धान्तिक आधारका रूपमा लिइएको छ । वक्रोक्तिविधानले कवितामा प्रत्यक्ष कथनभन्दा भिन्न, वक्र तथा व्यञ्जनात्मक अभिव्यक्तिमार्फत सौन्दर्य सिर्जना गर्दछ । यस अध्ययनमा गुणात्मक अनुसन्धान विधि अपनाई प्राथमिक स्रोतका रूपमा कृष्ण सेनका प्रकाशित कविता सङ्ग्रहहरू प्रयोग गरिएको छ भने द्वितीयक स्रोतका रूपमा काव्यशास्त्रीय ग्रन्थ, समालोचनात्मक लेख तथा अनुसन्धानात्मक सामग्रीहरू उपयोग गरिएको छ । अध्ययनले कृष्ण सेनका कवितामा वर्णविन्यास,पदविन्यास, वाक्य संरचना तथा सम्पूर्ण प्रबन्ध तहमा वक्रोक्तिविधानको सशक्त प्रयोग भएको देखाउँछ । उनका कविताहरूमा सामाजिक यथार्थ, राजनीतिक चेतना,विद्रोही स्वर र मानवीय संवेदनालाई अप्रत्यक्ष, प्रतीकात्मक र कलात्मक ढङ्गले अभिव्यक्त गरिएको पाइन्छ । वक्रोक्तिविधानका माध्यमबाट साधारण विषयवस्तु पनि असाधारण सौन्दर्ययुक्त बनेको निष्कर्ष यस अध्ययनले प्रस्तुत गर्दछ । यसरी कृष्ण सेनका कवितामा वक्रोक्तिविधान आधुनिक नेपाली कविताको सौन्दर्य अभिवृद्धि गर्ने महत्वपूर्ण उपकरणका रूपमा स्थापित भएको देखिन्छ ।

Abstract
38
PDF
20

Downloads

Published

2026-08-26

Issue

Section

Articles

How to Cite

Sharma, M. P. (2026). कृष्ण सेनका कविताहरूमा वक्रोक्तिविधान. Journal of Musikot Campus, 4(1), 304-316. https://doi.org/10.3126/jmc.v4i1.99366