लेखनाथ पौड्याल र उनको ‘पिँजराको सुगा’ कवितामा अभिव्यञ्जित भाव

Authors

  • बोधराज ढकाल नेपाली विभाग, पृथ्वीनारायण क्याम्पस, पोखरा ।

Keywords:

अध्यात्मवादी, दैहिक, परिष्कारवादी, व्यञ्जना, समवृत्त

Abstract

लेखनाथ पौड्याल र उनको पिँजराको सुगा कवितामा अभिव्यञ्जित भावको विश्लेषण गर्ने उद्देश्यमा यस अनुसन्धानात्मक लेख आधारित छ । यस लेखको अध्ययनको प्रमुख क्षेत्र लेखनाथ पौड्याल र पिँजराको सुगा कविता रहेको छ । यस अध्ययनको समस्याका रूपमा लेखनाथ पौड्यालको कवि व्यक्तित्व र पिँजराको सुगा कवितामा अभिव्यञ्जित भावको स्वरूपलाई लिइएको छ । लेखनाथको कवि व्यक्तित्व र कविता यात्रा एवम् पिँजराको सुगा कवितामा अभिव्यञ्जित भाव कस्तो रहेको छ यस जिज्ञासालाई यस अध्ययनमा निरूपण गरिएको छ । लेखनाथले माध्यमिककालीन श्रृङ्गारिक प्रकृति र अनुवाद रूपान्तरणको परम्पराबाट फुत्कँदै परिष्कारवादी धाराका माध्यमबाट नेपाली कवितालाई आधुनिक युगमा प्रवेश गराएको पाइन्छ । लेखनाथका कवितामा युगीन सामाजिक चेतना, आध्यात्मिक चेत, सामाजिक एवम् आध्यात्मिक सुधार, पुनर्जागरणको प्रयत्न एवम् बौद्धिकताको समन्वय तथा भाषा र लयको सहज एवम् परिष्कृत प्रयोग पाइन्छ । पौड्यालको पिँजराको सुगा कविता अभिधात्मक रूपमा बालपाठ्यसामग्री पिँजरामा थुनिएको सुगाको कथा भए पनि व्यञ्जनात्मक रूपमा सहरीया सामन्ती परिवेशको पिँजरामा बाँच्न विवश कवि जीवन, राणाशासनको निरङ्कुश शासनको पिँजरामा थुनिएको नेपाली समाज एवम् सांसारिक पिँजरामा परेर बन्धनीय जीवनलाई यस लेखमा तत्त्वमीमांसाका रूपमा लिइएको छ । गुणात्मक प्रकृतिको यस लेखमा व्याख्यापरक विधिमार्फत विश्लेषण गरी ज्ञान निर्माण गरिएको छ । उद्देश्यमूलक नमुना छनौट पद्धतिको प्रयोग गरी प्राथमिक र द्वितीयक स्रोतका सामग्रीहरूबाट प्राप्त तथ्य एवम् प्रमाणका आधारमा लेखनाथ पौड्याल र उनको पिँजराको सुगा कविताको विश्लेषण गरिको छ । पुस्तकालयीय कार्यमार्फत सामग्री सङ्कलन गरी अध्ययन गरिएको यस अध्ययनमा कविलाई माध्यमिक कालको श्रृङ्गारिक धारामा उदाएर नेपाली कवितामा आधुनिकता ल्याउने कवि व्यक्तित्वको रूपमा चित्रण गरिएको छ । पिँजराको सुगा कवितामा परिवर्तन र मुक्तिको चाहना राखिएको र उत्पीडनको विरोध गर्दै स्वतन्त्रताको आकाङ्क्षा एवम् आध्यात्मिक जीवनप्रतिको मोह अभिव्यञ्जित भएको छ भन्ने यस अध्ययनको निष्कर्ष रहेको छ ।

Abstract
291
PDF
25

Downloads

Published

2024-12-31

Issue

Section

Articles

How to Cite

ढकाल ब. (2024). लेखनाथ पौड्याल र उनको ‘पिँजराको सुगा’ कवितामा अभिव्यञ्जित भाव. Journal of Interdisciplinary Studies, 13(1), 212-219. https://doi.org/10.3126/jis.v13i1.73354