नेपाल–चीन सम्बन्धमा सुबेदार बमप्रसादको भूमिका

Authors

  • Laxmi Basnyat Lecturer, Faculty of Humanities, Tribuvan University

DOI:

https://doi.org/10.3126/jis.v10i1.64281

Keywords:

दलाई लामा, चाउ एन लाई, लीलादेवी, खम्पा निशस्त्रीकरण, हिमाल राइफल कम्पनी, नेपाली सेना

Abstract

नेपाल–चीन सम्बन्ध नेपालको कुटनीतिक इतिहासमा सबैभन्दा पुरानो हो । परापूर्वकालदेखि वर्तमानसम्म नेपाल – चीन सम्बन्ध जीवन्त छ । नेपाल र चीनको सम्बन्धको ढोका भनेको तिब्बत नै थियो । तिब्बतसँगको कुटनीतिक उतारचढाबले नेपालले तीन पटक तिब्बतसँग मात्र र एक पटक चीन र तिब्बती संयुक्त सेना विरुद्ध लड्न समेत पर्यो । नेपालले अन्तिम भोट युद्ध वि.सं. १९११ मा लड्यो । वि.सं. १९११ पछि वि.सं. २०१७ साल अर्थात् १०६ वर्षपछि चिनियाँ सेनाको बन्दुकले नेपाली सेना मरेको र सुबेदार बमप्रसाद मारिएको घटना नेपालको कुटनैतिक इतिहासमा महत्त्वपूर्ण समेत छ । अनि सुबेदार बमप्रसाद नेपालको इतिहासमा आजसम्म हराएका व्यक्ति हुन् । त्यत्रो घटनामा मारिँदा पनि आजसम्म उनको परिचयसम्म प्रकाशन भएन । खम्पाहरूकै कारणले चिनियाँ सेनाद्वारा सुबेदार बमप्रसाद मारिएपछि पनि नेपालमा खम्पा भित्र्याउने काम रोकिएन । जसको परिणाम खम्पाहरूले चिनियाँ भूभागमा सशस्त्र विद्रोह गर्न थालेपछि त्यसलाई रोक्न चीनकै अनुरोधमा नेपालले वि.सं. २०३१ सालमा बृहत् खम्पा निशस्त्रीकरण सैनिक कारबाही नै गर्नुप¥यो । चिनियाँ सेना मुस्ताङ जिल्लाको नेपाली भूमिभित्र घुसेको हो वा होइन ? बुझेर तुरुन्त शाही खबर दिनु भन्ने नेपाल सरकारको आदेशअनुसार सीमा इलाकामा पट्रोल गएका सुबेदार बमप्रसादको टोलीमध्ये २०१७ असार १७ गते सुबेदार मारिए, अर्का १ जना सिपाही घाइते बने, ६ जना भाग्न सफल बने र १० जना चिनियाँ सेनाको कब्जामा परे । सुबेदारको लास र घोडासमेत उनीहरूले नै लगे । ती भागेका ६ जनाबाट उक्त घटनाबारे मुस्ताङमा रहेका नेपाली सेनाको क्याम्प र भारतीय सैनिक पोस्टलाई खबर गरेकाले नै भारतीय रेडियो सेटमार्फत् सोही दिन, सो खबर संसारभरि फैलियो र नेपालको राजधानीसम्म फैलियो । त्यसपछि नेपाल सरकारले कुटनीतिक तहबाट यो घटनालाई निक्र्यौलमा पु¥यायो । यो घटनालाई कुशल कुटनैतिक पत्राचार गरेर नेपालले राम्रो सफलता हासिल गरेको छ । शक्ति राष्ट्र चीनलाई माफी मगाएको र क्षतीपूर्ति तिराएको छ । नेपालको राष्ट्रिय इतिहासमा यो घटना एउटा नजिरसमेत बनेकोले विद्वान् र तथ्य इतिहास जान्न चाहने महानुभावहरूबाट थप अनुसन्धान हुनेछ भन्ने विश्वासका साथ यो आलेख तयार गरिएको छ । प्रस्तुत आलेख गुणात्मक अध्ययनमा आधारित छ । प्राथमिक र द्वितीय स्रोतका सामग्री यस आलेखमा विवरणात्मक रुपमा प्रस्तुत गरिएको छ । साथै यसमा विषयसँग सम्बद्ध विविध प्रकाशित लेख तथा रचनाहरू प्राप्त नभएकाले बमप्रसादका जीवित आफन्तहरूका वार्तालाई मुख्य आधार मानी आलेख तयार पारिएकाले तत् पक्षलाई प्रस्तुत अध्ययनको सीमा मानिएको छ । तत्कालीन अवस्थामा बमप्रसादका झै कार्य गरेका उनका सहकर्मी तथा उनका परिवारसँगको अन्तर्वार्ता र उनी सम्बद्ध प्रचलित सामाजिक कथन एवं उनका सम्बन्धमा लेखिएका पुस्तकका आधारमा प्रस्तुत आलेख तयार पारिएको छ । यसमा मुख्यतः नेपालका राष्ट्रसेवका व्यक्तित्व चिनियाँ सेनाद्वारा मारिनुको पृष्ठभूमि र कारणलाई विशेष रूपमा उजागर गर्ने प्रयत्न भएको छ ।

Downloads

Download data is not yet available.
Abstract
26
PDF
9

Downloads

Published

2021-12-31

How to Cite

Basnyat, L. (2021). नेपाल–चीन सम्बन्धमा सुबेदार बमप्रसादको भूमिका. Journal of Interdisciplinary Studies, 10(1), 60–76. https://doi.org/10.3126/jis.v10i1.64281

Issue

Section

Articles