सङ्गीत संयोजनमा प्रविधिको भुमिका

Authors

  • Nirmala Tamang TU

DOI:

https://doi.org/10.3126/jfac.v7i1.90779

Keywords:

प्रविधि, सङ्गीत, सङ्गीत संयोजन, स्टुडियो

Abstract

सङ्गीत संयोजनका निमित्त विभिन्न कालखण्डहरुका फरक किसिमको प्रविधिहरुले महत्वपृ्र्ण भृ्मिका खेल्दै आएको छ । सङ्गीत संयोजनले कुनैपनि गीत पुर्ण बनाउनको लागि महत्वपृ्र्ण भुमिका खेलेको हुन्छ । सङ्गीत संयोजन गर्नको निमित्त विभिन्न प्रकारका उपकरणहरुको प्रयोग गरिन्छ । प्रविधिको विकासले परम्परागत सङ्गीतिक उपकरणहरुलाई डिजिटल पद्धतिमा रुपान्तरण गरेको छ । जसकारण चाहेजस्तो सङ्गीत  उत्पादन गर्न सरल र सहज हुँदै गएको छ । नेपाली गीत सङ्गीतका क्षेत्रमा सङ्गीत संयोजनमा उपयोग भएका प्रविधिहरु सम्बन्धी शोधपत्र तथा अनुसन्धनात्मक आलेख अध्येताले प्राप्त नगरेकोले उक्त विषयसँग सम्बन्धी कुराहरुको बारेमा लेखमा प्रस्तुत गरिएको छ । सङ्गीत संयोजन भन्नाले के बुझिन्छ ? सङ्गीत संयोजनमा कस्ता उपकरणहरु प्रयोग गरिने प्रचलन रहेको छ ? नेपाली सङ्गीत संयोजनको विकासक्रम, अवस्था तथा चुनौतिहरु के कस्ता रहेका छन् जस्ता विषयमा जानकारी प्रदान गर्नु यस अध्ययनको मुख्य उद्देश्य रहेको छ । यस अनुसन्धनात्मक लेख तयार पार्नको लागि प्राथमिक स्रोत अन्र्तगत विगत लामो समयबाट सङ्गीत संयोजनमा आवद्ध सङ्गीत संयोजकहरुसँगको प्रत्यक्ष कुराकानी, स्टुडियोको अवलोकन हुन् भने, द्वितीय स्रोत अन्र्तगत विभिन्न पुस्तक, लेख, पत्रपत्रिका तथा इन्टरनेट मार्फत प्राप्त सामाग्रीहरु उपयोग गरिएको छ । प्रस्तुत लेखले सङ्गीत अध्ययन गरिरहेका विद्यार्थी, सङ्गीत संयोजनको पेशामा आवद्ध हुन चाहाने सङ्गीतकर्मी र सम्पृ्र्ण नेपाली गीतसङ्गीतप्रेमी श्रोताहरुलाई सङ्गीत संयोजनको बारेमा जानकारी तथा उपयोग गरिने प्रविधिका बारेमा ज्ञान दिनेछ ।

 

Different types of technologies have played an important role in music composition in different periods. Music composition plays an important role in making any song complete. Various types of equipment are used to compose music. The development of technology has converted traditional musical instruments into digital systems. Due to this, it has become easier and easier to produce music as desired. Since the researcher has not received any research papers and research articles related to the technologies used in music composition in the field of Nepali songs and music, the article has presented information related to the subject. What is meant by music composition? What are the tools used in music composition? The main objective of this study is to provide information on the development, status and challenges of Nepali music composition. To prepare this research article, the primary source is direct interviews with music coordinators who have been involved in music coordination for a long time, and studio observations, while the secondary source is various books, articles, newspapers, and materials obtained through the Internet. The present article will provide information about music coordination and the technology used to students studying music, musicians who want to join the music coordination profession, and all Nepali song and music lovers.

 

Downloads

Download data is not yet available.
Abstract
27
PDF (Nepali)
13

Downloads

Published

2025-12-31

How to Cite

Tamang, N. (2025). सङ्गीत संयोजनमा प्रविधिको भुमिका. Journal of Fine Arts Campus, 7(1), 41–48. https://doi.org/10.3126/jfac.v7i1.90779

Issue

Section

Research Articles