सालैजो गीतको साँस्कृतिक र साङ्गीतिक महत्व
DOI:
https://doi.org/10.3126/jfac.v7i1.90778Keywords:
नेपाली सङ्गीत, लोकगीत, सालैजो, संस्कृतिAbstract
विशेषगरी साविकका गण्डकी, लुम्बिनी र धौलागिरी अञ्चलतिर प्रचलित सालैजो गीत नेपालको मौलिक लोक गीत हो । सालैजो शब्द सालीज्यूबाट अपभ्रंश भएर सालैजो बनेको पाइन्छ । यो नेपालको अमूर्त साँस्कृतिक सम्पदाको रुपमा रहेको अत्यन्तै चर्चित लोक गायनको शैली मानिन्छ । लोकभावना समेटिएको सालैजो गीतको प्रभाव त्यहाँको लोक जीवन र संस्कृतिसँग प्रत्यक्ष जोडिएको हुन्छ ।यस आलेखमा विशेषगरी सालैजो गीतको साँस्कृतिक तथा,साङ्गीतिक महत्वका साथसाथै नेपाली समाजमा यो गीतले पार्ने प्रभावका सम्बन्धमा चर्चा गरिएको् छ । यो लेखले सालैजो गीतका बारेमा जान्न चाहने अध्येताहरुको लागि एउटा रोचक सामाग्री बन्नुका साथसाथै नेपाली लोक सङ्गीतका विद्यार्थीहरुलाई समेत प्रत्यक्ष फाइदा पु¥याउने अपेक्षा गरिएको छ । पुस्तकालय तथा खोज विधिबाट यो विषयमा अध्ययन गरी यो विषयसँग सम्बन्धित पूर्व अध्येता, केही सालैजो गीतका गायकसँग वार्तालाप गरी सकेसम्म धेरै जानकारी दिने कोशिस गरिएको छ । धेरै नेपालीहरूले सालैजो गीतलाई अत्यन्त मन पराएको र यसबारेमा विश्वविद्यालय स्तरीय प्राज्ञिक लेख अत्यन्त कम पाइएकोले यो आलेख तयार गरिएको छ ।
The Salaijo song, especially popular in the former Gandaki, Lumbini and Dhaulagiri zones, is an original folk song of Nepal. The word Salaijo is a corruption of the word Saliju and has become Salaijo. It is considered a very famous folk singing style that is an intangible cultural heritage of Nepal. The influence of the Salaijo song, which embodies folk sentiment, is directly linked to the folk life and culture there. This article discusses the cultural and musical importance of the Salaijo song, as well as the impact of this song on Nepali society. This article is expected to be an interesting material for scholars who want to know about the Salaijo song, as well as directly benefit students of Nepali folk music. An attempt has been made to provide as much information as possible by studying this subject through library and search methods and talking to former scholars related to this subject, some Salaijo song singers. This article has been prepared because many Nepalis love the Salaijo song very much and there are very few university-level academic articles o