दाइँ र दाइँगीतको अध्ययन
DOI:
https://doi.org/10.3126/jfac.v7i1.90776Keywords:
मंसिरेगीत, बाली भित्त्रियाउने, धान काट्ने, कुन्यु, मियो, भूमेपाथीAbstract
नेपाल कृषिप्रधान मुलुक भएकाले धान खेती यहाँको प्रमुख बाली हो । धान पाकेपछि बाली भित्त्रियाउने अन्तिम प्रक्रिया दाइँ हो, जसमा धान काट्ने, कुन्यु राख्ने, खला बनाएर गोरु घुमाउँदै धान झार्ने, पराल बनाउने, धान बताउने र अन्ततः घरमा भित्त्रियाउने काम गरिन्छ । दाइँसँग सम्बन्धित धेरै किम्बदन्तिहरू पाईन्छन् । रामसीता र अन्नपूर्ण माताको कथा, शिवपार्वतीसँग जोडिएको चामल धानको कथा र सिमलचरीसँग सम्बन्धित विश्वास आदि रहेका छन् । यी किम्बदन्तिहरूले कृषकको धार्मिक आध्यात्मिक आस्था प्रतिबिम्बित गर्दछन् । दाइँको क्रममा गाइने दाइँ गीत (मंसिरेगीत, रासिगीत) श्रमगीत अन्तर्गतको कर्मगीत हो । दाइँगीतमा किसानले सह र समृद्धिको कामना गर्दछन् । दाइँ गीत समूह, एकल रूपमा गाइन्छ, गोरुको चालसँग लय मिलाईन्छ । दाइँगीतमा बाजाको प्रयोग हुँदैन । यस अध्ययनको मुख्य उद्देश्य दाइँको सामाजिक, सास्कृतिक महत्व र दाइँगीतको साङ्गीतिक महत्वलाई उजागर गर्नु हो। यस अध्ययनमा सैद्धान्तिक र साङ्गीतिक विश्लेषणका लागि पाठ विश्लेषणात्मक विधि, व्याख्यात्मक विधि, वर्णनात्मक विधि र भातखण्डे स्वरलिपि विधिको प्रयोग गरीएको छ भने सामाग्री संकलनका लागि प्राथमिक स्रोत र द्धितिय स्रोतको प्रयोग गरिएको छ।
Nepal is an agricultural country, so rice cultivation is the main crop here. After the rice is ripe, the final process of threshing is threshing, which involves cutting the rice, placing the kunyu, making a threshing floor and threshing the rice with the help of oxen, making straw, threshing the rice and finally threshing it at home. There are many legends related to threshing. There are stories about Ramsita and Annapurna Mata, stories about rice and rice associated with Shiva and Parvati, and beliefs related to Simalachari, etc. These legends reflect the religious and spiritual beliefs of the farmers. The threshing songs (Mansiregit, Rasigeet) sung during threshing are a work song under the Shramgeet. In threshing, farmers pray for prosperity and well-being. The threshing songs are sung in groups or singly, in tune with the movements of the oxen. No instruments are used in threshing. The main objective of this study is to highlight the social and cultural significance of Dain and the musical significance of Daingit. In this study, textual analysis methods, interpretive methods, descriptive methods and Bhatkhande Swaralipi method have been used for theoretical and musical analysis, while primary and secondary sources have been used for material collection.