सङ्गीतमा रसानुभूति : एक विवेचनात्मक अध्ययन
DOI:
https://doi.org/10.3126/jfac.v7i1.90775Keywords:
रस, रसानुभूति, रसनिष्पत्ति, सङ्गीतAbstract
सङ्गीत भावहरूको अभिव्यक्तिका साथसाथै विश्वव्यापी भाषा पनि हो । सङ्गीत यस जगतको कुना कन्दरामा व्यक्त र अव्यक्त रुपमा पूर्णरुपले स्थापित छ । जसरी आत्मा परमात्माको स्वरुप हो, त्यसरी नै सङ्गीत जीवनलाई पुर्ण सार्थक बनाउने एउटा आधारशिला हो । सङ्गीतद्वारा हाम्रो व्यक्तिगत चेतनाको स्तरको उचाइ बढ्ने हुनाले यसले ब्रह्माण्डको सत्य स्वरुपको पहिचान गराउन मद्दत पु¥याउँछ । सङ्गीतको माध्यमबाट मानिसको मानसिक तथा आध्यात्मिक स्फूर्तिमा नवीन उत्साह समाहित हुन्छ । सङ्गीतमा रसको माध्यमवाट उत्पन्न हुने भावनात्मक आनन्दको अनुभूति कलाकार र श्रोता दुवैलाई प्राप्त हुन्छ । साङ्गीतिक रसको अनुभव नितान्त व्यक्तिगत हुन्छ , जुन श्रोताहरूको संवेदनशीलता, मानसिक स्थिति र उहाँहरूको सङ्गीतप्रति रुचिको आधारमा निर्भर गर्छ । सङ्गीतको प्रमुख उद्देश्य रसको आर्विभाव (उत्पत्ति) गर्नु हो । सङ्गीतको प्रस्तुतीकरण गर्दा कलाकारले भावपक्ष र कलापक्ष दुवैको अस्तित्वलाई ध्यानमा राख्दछ । भाव र कला दुवै रस सृष्टि गर्ने आधारभूत तत्व हुन् । यस विवेचनात्मक अध्ययनको मूल उद्देश्य सङ्गीतको माध्यमबाट दर्शक तथा श्रोतामा उत्पन्न हुने रसको प्रकृति र प्रभावको विश्लेषण गर्नु हो, साथै, रस सिद्धान्तको अवधारणालाई स्पष्ट गर्नु, रस र सङ्गीतबिचको सम्बन्ध विश्लेषण गर्नु तथा रसानुभूतिको प्रक्रियालाई दर्शाउँदै यसको साङ्गीतिक मनोवैज्ञानिक र सांस्कृतिक पक्षलाई व्याख्या गर्नु प्रमुख उद्देश्य हो ।