नेपालका सङ्गीत रेकर्डिङ्ग स्टुडियोमा तबलावाद्यको प्रयोग - अवस्था र चुनौती {Use of tabla in music recording studios of Nepal - situation and challenges}

Authors

  • वेङ्कटेश Wenkatesh ढकाल Dhakal Tribhuvan University

DOI:

https://doi.org/10.3126/jfac.v4i2.54827

Keywords:

Tabla player, percussion instrument, Nepal, metronome, recording studio

Abstract

रेकर्डिङ्ग (अभिलेखन) भन्नाले कुनै उल्लेख्य कार्यको आधिकारिक जानकारी उपलब्ध गर्न÷गराउने उद्देश्यका लागि गराइने विभिन्न प्रक्रिया वा कार्य भनेर प्रज्ञा नेपाली बृहद शब्दकोषमा उल्लेख रहेको छ । प्राचीनकालमा अभिलेख राख्नका लागि छाला, वस्त्र, ताडपत्र, शिला, स्वर्णपत्र, ताम्रपत्र, आदिमा लेखन गर्ने वा कुँद्ने प्रचलन रहेको थियो । वर्तमान समयमा भौतिक विज्ञानद्वारा आविष्कार गरिएका विभिन्न विद्युतीय उपकरणको प्रयोग गरी अभिलेख राख्ने प्रचलन रहेको छ । माइक्रोफोन, मिक्सर, स्पिकर, एम्प्लिफायर विभिन्न उपकरणहरू प्रयोग गरी सङ्गीत सम्बन्धी अभिलेख तयार गरिने स्थानलाई वर्तमान समयमा रेकर्डिङ्ग स्टुडियो भनिन्छ । प्रस्तुत लेख काठमाडौँमा रहेका रेकर्डिङ्ग स्टुडियोहरुमा स्वतन्त्रवादन बाहेक सङ्गीत अन्तर्गतका विभिन्न रचनात्मक कार्यमा गरिने तबलावादनका बारेमा केन्द्रित रहने छ । नेपालको रेकर्डिङ्ग स्टुडियोहरूमा तबलावादनको विषयका बारेमा यस किसिमको लेख प्राप्त नभएको हुनाले यस शिर्षकमा केहि जानकारी उपलब्ध गराउन खोजिएको हो । शास्त्रीय एवम् रेकर्डिङ्ग स्टुडियोमा क्रियाशील रहेका वादकहरूमध्ये प्रसिद्ध कलाकारहरूमध्ये अध्येताको पहुँचमा रहेका तबलावादकहरूसँगको छलफलका आधारमा लेखमा केहि तथ्य उपलब्ध गराइएको छ । प्राथमिक (काठमाडौँ उपत्यका भित्रका सम्बन्धित विषयका विभिन्न व्यक्तिहरूसँग छलफल), द्वितीयक (विभिन्न विद्वानहरूको स्नातकोत्तर एवम् विद्यावारिधी शोधग्रन्थ, प्रकाशित पुस्तक, खोजमूलक लेखहरू) श्रोतको सहयोगमा गुणात्मक विधिको प्रयोग गरि लेख तयार गरिएको छ । तबलावादनको व्यावसायिक मार्ग रेकर्डिङ्ग स्टुडियो तर्फ लाग्न चाहने व्यक्तिहरूलाई प्रस्तुत लेखले केहि जानकारि प्रदान गर्ने छ ।

{Pragya Nepali comprehensive dictionary mentions that recording means various processes or actions carried out for the purpose of providing official information of a significant work. In ancient times, there was a practice of writing or engraving on leather, cloth, palm paper, stone, gold paper, copper paper, etc. to keep records. Nowadays, there is a trend of keeping records using various electronic devices invented by science. A recording studio is a place where music records are prepared using various devices like microphones, mixers, speakers, amplifiers. The presented article will be focused on the tabla playing in various creative works under music apart from freestyle in the recording studios in Kathmandu. Since there is no such article about the subject of tabla playing in the recording studios of Nepal, we have tried to provide some information on this topic. Some facts have been provided in the article based on discussions with tabla players who are within the reach of scholars among the famous artists who are active in classical and recording studios. The article has been prepared using the qualitative method with the help of primary (discussion with various people of related subjects within Kathmandu Valley), secondary (postgraduate and postgraduate research papers of various scholars, published books, investigative articles) sources. This article will provide some information for people who want to take the professional path of tabla playing towards the recording studio.}

Downloads

Download data is not yet available.
Abstract
29
PDF
39

Downloads

Published

2022-12-31

How to Cite

ढकाल Dhakal व. W. (2022). नेपालका सङ्गीत रेकर्डिङ्ग स्टुडियोमा तबलावाद्यको प्रयोग - अवस्था र चुनौती {Use of tabla in music recording studios of Nepal - situation and challenges}. Journal of Fine Arts Campus, 4(2), 36–44. https://doi.org/10.3126/jfac.v4i2.54827

Issue

Section

Research Articles