धार्मिक कार्यक्रम एवं श्रीमद्भागत पुराणमा सङ्गीत- एक अध्ययन

Authors

  • वेङ्कटीश ढकाल Lecturer of 'Tabala' at Lalitkala Campus, Tribhuvan University

DOI:

https://doi.org/10.3126/jfac.v4i1.51759

Keywords:

श्रीमद्भागवत सप्ताह, सङ्गीत, नवाह, धर्म, अनुष्ठान

Abstract

धर्मसँग सम्बन्धित कार्यक्रम नै धार्मिक कार्यक्रम भन्ने गरिन्छ । धार्मिक प्रकृतिका विभिन्न कार्यक्रम संसारका विभिन्न स्थानमा आस्था अनुसार आयोजना गर्ने प्रचलन रहेको छ । प्रस्तुत लेखमा धार्मिक एवम् नेपालमा श्रीमद्भागवत महापुराणको सप्ताह कार्यक्रममा हुने सङ्गीतका साथै त्यस विषयका कलाकारहरूको चर्चा गरिने छ । वैदिक धर्ममा आस्थावान् समूहद्वारा धार्मिक कार्यक्रम अन्तर्गत श्रीमद्भागवत पुराणको साप्ताहिक आयोजना प्राचीनकालदेखि नै हुने गरेको इतिहास छ । वर्तमान परिप्रेक्ष्यमा नेपालमा श्रीमद्भागवत कथाको आयोजनामा सङ्गीतको अपरिहार्यता प्रष्ट देख्न सकिन्छ । नेपालमा आयोजना गरिने धार्मिक एवम् श्रीमद्भागवत सप्ताह कार्यक्रममा सङ्गीत अन्तर्गत अनुबन्धित कलाकारद्वारा गायन एवम् वादन अन्तर्गत बाँसुरी, बेला, सितार, मादल, ढोलकका साथै तबलाको प्रयोग हुने गर्दछ । विभिन्न स्थानमा आयोजना हुने श्रीमद्भागवत कथामा लोक एवम् शास्त्रीय दुवै शैलीका सङ्गीत श्रवणगर्न सकिन्छ । सङ्गीत सिकेर भविष्यमा के गर्न सक्छौ भन्ने जमातलाई यस लेखबाट सङ्गीत प्रयोग हुने विभिन्न आयामहरू मध्येको एक आयामका बारेमा ज्ञान प्राप्त हुनेछ । जसबाट सङ्गीत सिक्ने चाहना भएका नवपुस्ताहरूको उत्साहमा वृद्धि आउने छ । नेपालमा सङ्गीतमय श्रीमद्भागवतको प्रचलन रहेको भएता पनि यस प्रकारको लेख जानकारीमा नभेटिएको हुनाले एउटा प्रयास गरिएको हो । प्राथमिक (सम्बन्धित कथावाचक एवम् कलाकारहरूसँग गरिएको छलफल), द्वितीयक ( विभिन्न लेख, पत्रिकाहरु, ग्रन्थहरू) एवम् अनुभवका आधारमा गुणात्मक विधिको सहयोगमा लेख तयार गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
40
PDF
38

Author Biography

वेङ्कटीश ढकाल, Lecturer of 'Tabala' at Lalitkala Campus, Tribhuvan University

Lecturer of 'Tabala' at

Downloads

Published

2022-12-31

How to Cite

ढकाल व. (2022). धार्मिक कार्यक्रम एवं श्रीमद्भागत पुराणमा सङ्गीत- एक अध्ययन. Journal of Fine Arts Campus, 4(1), 28–36. https://doi.org/10.3126/jfac.v4i1.51759

Issue

Section

Research Articles