‘बर्सातमा बुद्धको मूर्ति सामु’ कवितामा शिल्प र् सौन्दर्य {Craft and beauty in the poem 'In front of Buddha statue in the rain'}

Authors

  • गीता Geeta त्रिपाठी Tripathi त्रिभुवन विश्वविद्यालय, रत्न राज्यलक्ष्मी क्याम्पस काठमाडौं Ratna Rajya Laxmi Campus, TU

DOI:

https://doi.org/10.3126/jfac.v3i1.42519

Keywords:

Responsive, selection, deviation, contrast, parallelism, craft-aesthetics, अनुक्रियात्मक, चयन, विचलन, विपर्यास

Abstract

प्रस्तुत अध्ययन कवि सुमन पोखरेलको ‘बर्सातमा बुद्धको मूर्ति सामु’ कवितामा अन्तर्निहित शिल्प सौन्दर्यको विश्लेषणमा केन्द्रित
रहेको छ । कवितामा प्रयुक्त हुने भाषाको विशिष्टताको पाठपरक विश्लेषणका निम्ति यो कविता सोद्दश्य छनोट गरिएको हो । यस
अध्ययनका निम्ति पुस्तकालयीय कार्यद्वारा अध्ययन सामग्रीहरू सङ्कलन गरिएको छ । कविताको विधागत विशिष्टता निर्धारण गर्ने मुख्य आधार यसमा प्रयुक्त भाषिक कला वा उक्तिगत विचित्रिता नै हो । यस अध्ययनमा उल्लिखित कवितामा चयन गरिएका पद र पदक्रमको विचलनयुक्त व्यवस्थितता, अर्थगत विपर्यास र समानान्तरता आदिमार्फत प्रस्तुत कविता शिल्पको विश्लेषणका निम्ति यसको आयामगत विस्तृति र भावगत परिग्रहणको समष्टिगत विश्लेषण गरी कवितामा प्रकट भएको बाह्य र आन्तरिक सौन्दर्यको मूल्याङ्कन गरिएको छ । यस मूल्याङ्कनबाट ‘बर्सातमा बुद्धको मूर्ति सामु’ कविताको आयाम र अर्थगत सौन्दर्य कवितात्मकताका पक्षमा विशिष्ट किसिमको रहेको निष्कर्ष प्राप्त भएको छ ।

Abstract
126
PDF
105

Author Biography

गीता Geeta त्रिपाठी Tripathi, त्रिभुवन विश्वविद्यालय, रत्न राज्यलक्ष्मी क्याम्पस काठमाडौं Ratna Rajya Laxmi Campus, TU

उपप्राध्यापक

Downloads

Published

2021-12-31

How to Cite

त्रिपाठी Tripathi ग. G. (2021). ‘बर्सातमा बुद्धको मूर्ति सामु’ कवितामा शिल्प र् सौन्दर्य {Craft and beauty in the poem ’In front of Buddha statue in the rain’}. Journal of Fine Arts Campus, 3(1), 50–55. https://doi.org/10.3126/jfac.v3i1.42519

Issue

Section

Research Articles