मधेसतिर कथामा प्रयुक्त नारीवादी चिन्तन

Authors

  • Loknath Dahal विश्वेस्वर प्रसाद कोइराला संस्कृत विद्यापीठ, नेचासल्यान–२

Keywords:

पितृसतात्मक, नारीवाद, उदार नारीवाद, मनोविश्लेषणत्मक नारीवाद, उत्तरआधुनिकतावाद

Abstract

प्रस्तुत लेख मधेशतिर कथामा प्रयुक्त नारीवादी चिन्तनको अध्ययन विश्लेषणमा केन्द्रित रहेको छ । साहित्यलाई नारीको केन्द्रीयतामा विश्लेषण गरिने समालोचना नारीवाद हो । मानव समाजका हरेक सामाजिक सांस्कृतिक सन्दर्भसँग नारीवादको सम्बन्ध रहेको हुन्छ । नारीवादी साहित्य चिन्तनको विकास सन् १९६० को दशकतिर आरम्भ भएको हो । यसलाई उत्तरआधुनिकतावादी साहित्य चिन्तनका रूपमा समेत लिन सकिन्छ । नारीवादले समाजमा प्रचलित पुराना मूल्य र मान्यताको विरोध गर्दछ र नारीको वास्तविक अस्तित्व तथा पहिचानमा जोड दिन्छ । मधेशतिर कथाका लेखक मनोवैज्ञानिक कथाकार विश्वेश्वरप्रसाद कोइराला हुन् । उनको यस कथालाई साहित्य समालोचनाका विभिन्न कोणबाट अध्ययन विश्लेषण गर्न सकिन्छ । यस लेखमा मधेशतिर कथालाई नारीवादी चिन्तनका आधारमा सुधारवादी र मनोवैज्ञानिक कोणबाट विश्लेषण गरिएको छ । नारी समस्यामा आधारित कथा यस कथामा विधवा नारीका मनमा रहेका विविध इच्छा र आकाङ्क्षाहरूको चित्रण गरिएको छ । यस कथामा विधवा नारीलाई परेको पीडा तथा समस्यालाई यथार्थ रूपमा देखाइएको छ । विधवा नारीका रूपमा प्रस्तुत भएकी पात्रका माध्यमबाट पितृसत्तात्मक समाजमा विधवालाई हेर्ने दृष्टिकोण र गर्ने व्यवहारलाई परिवर्तन गर्नतर्फ यो कथा उन्मुख भएको छ । विवाह भएको केही समयमा विधवा हुन पुगेकी नारी पात्रको मनमा रहेका दमित इच्छा आकाङ्क्षाहरू तथा त्यसबाट उसमा आइपरेका मानसिक परिस्थितिको वर्णन कथामा रहेको छ । अतः कोइरालाद्वारा रचित प्रस्तुत कथालाई नारीप्रति समाजले गर्ने व्यवहारलाई सुधार गर्ने र विधवा नारीमा उत्पन्न हुने मनोविज्ञान प्रस्तुत गरिएको नारीकेन्द्री कथा हो ।

Downloads

Download data is not yet available.
Abstract
15
PDF
5

Author Biography

Loknath Dahal, विश्वेस्वर प्रसाद कोइराला संस्कृत विद्यापीठ, नेचासल्यान–२

उप प्राध्यापक 

Downloads

Published

2024-12-31

How to Cite

Dahal, L. (2024). मधेसतिर कथामा प्रयुक्त नारीवादी चिन्तन. International Research Journal of Parroha, 3(1), 89–94. Retrieved from https://nepjol.info/index.php/irjp/article/view/76254

Issue

Section

Articles