विद्यालय तहमा जीवनी शिक्षणका विधि र प्रक्रिया

Authors

  • Narayanprasad Pantha त्रिभुवन विश्वविद्यालय, बुटवल बहुमुखी क्याम्पस, रुपन्देही

Keywords:

गद्य रचना, पठनबोध, व्यक्तित्व, शिक्षण विधि र प्रक्रिया

Abstract

प्रस्तुत लेखको उद्देश्य जीवनी शिक्षणका विधि, प्रक्रिया र शिक्षणक्रमको पहिचान तथा विश्लेषण गर्नु रहेको छ । गुणात्मक अनुसन्धान पद्धतिमा आधारित यस लेखमा गरिएको स्थलगत अध्ययनअनुसार उद्देश्यपूर्ण नमुना छनोटका आधारमा रूपन्देही जिल्लाका दसओटा विद्यालयमा नेपाली अध्यापन गर्ने बिसजना शिक्षक छनोट गरी अर्धसंरचनात्मक अन्तरवार्ताका आधारमा तथ्य सङ्कलन गरिएका छन् । यस लेखमा द्वितीयक स्रोतका रूपमा पुस्तकालयीय कार्यबाट सैद्धान्तिक सामग्री सङ्कलन गरी उक्त तथ्यहरूलाई विश्लेषणात्मक, वर्णनात्मक एवम् व्याख्यात्मक ढङ्गले विश्लेषण गरिएको छ । पाठ्यपुस्तकमा जीवनी समावेश गर्नुको उद्देश्य विशिष्ट व्यक्तिको जीवन चरित्रसँग परिचित गराएर उक्त आधारमा विद्यार्थीको मनोबल बढाउनु हो । महान् व्यक्तिहरूका असल गुणहरू अवलम्बन गरी सोहीअनुसार आचरण र व्यवहारमा परिवर्तन ल्याउने अपेक्षा गरिएको हुन्छ । जीवनी शिक्षणबाट शब्दभण्डारमा वृद्धि, मौलिक तथा सिर्जनात्मक अभिव्यक्ति, पठनबोध क्षमता, शब्दप्रयोगगत विशिष्टता, विचारको प्रस्तुतीकरण, सङ्गठन, वाक्यगठन तथा अनुच्छेद गठनगत सिपको विकास गराउन सकिने भएकाले व्याख्या, छलफल, प्रश्नोत्तर, तुलना, समीक्षा, प्रतिवेदन प्रस्तुति, परियोजना, पठनबोध तथा कक्षा प्रस्तुतीकरण विधिको उपयोग गर्दै कक्षाको परिस्थिति, जीवनीको गहनता तथा विद्यार्थीका कक्षागत स्तरलाई दृष्टिगत गरी एक वा बढी शिक्षण विधिहरू अँगाल्न सकिने निचोड निकालिएको छ । यो अध्ययन यस क्षेत्रमा रही अन्वेषण गर्न चाहने विद्यार्थी, शिक्षक तथा अनुसन्धानकर्तालगायतलाई सैद्धान्तिक अवधारणा ग्रहण गर्न र त्यसको उपयोग गरी प्रयोगपरक विश्लेषण गर्न मदत पुग्ने अपेक्षा गरिएको छ ।

Abstract
119
PDF
0

Author Biography

Narayanprasad Pantha, त्रिभुवन विश्वविद्यालय, बुटवल बहुमुखी क्याम्पस, रुपन्देही

उपप्राध्यापक

Downloads

Published

2024-12-31

How to Cite

Pantha, N. (2024). विद्यालय तहमा जीवनी शिक्षणका विधि र प्रक्रिया. International Research Journal of Parroha, 3(1), 79-88. https://nepjol.info/index.php/irjp/article/view/76253

Issue

Section

Articles

How to Cite

Pantha, N. (2024). विद्यालय तहमा जीवनी शिक्षणका विधि र प्रक्रिया. International Research Journal of Parroha, 3(1), 79-88. https://nepjol.info/index.php/irjp/article/view/76253