पर्यावरणीय चिन्तनका दृष्टिले पागल–बस्ती उपन्यास
Keywords:
पर्यावरण, स्वैरकल्पना, दार्शनिकता, मानवीय सम्बन्धAbstract
प्रस्तुत लेख पर्यावरणीय चिन्तनका दृष्टिले पागल–बस्ती उपन्यासको सङ्क्षिप्त अध्ययन विश्लेषणमा केन्द्रित रहेको छ । ‘‘पागल–बस्ती’ उपन्यासका लेखक सरूभक्त श्रेष्ठ हुन् । यो उपन्यास स्वैरकाल्पनिक विषयवस्तुमा आधारित रहेको छ । नेपाली साहित्य समालोचनाको क्षेत्रमा प्रचलित विभिन्न मान्यताहरू मध्ये पर्यावरणीय साहित्य सिद्धान्त पनि एक हो । प्रकृतिकेन्द्री यस समालोचनालाई अन्तर्विषयक समालोचना प्रणाली पनि भनिन्छ । पागल–बस्ती उपन्यासलाई पर्यावरणीय साहित्य सिद्धान्तका आधारमा मूल्याङ्कन गर्दा यसभित्र प्रशस्त मात्रामा पर्यावरणीय पक्षहरू समेटिएका छन् । पागल–बस्ती भित्रको काल्पनिक संसार नै यस उपन्यासको मुख्य पर्यावरणीय क्षेत्र हो । यस उपन्यासमा प्रतीकात्मक रूपमा सामाजिक, सांस्कृतिक परम्पराजन्य व्यवहार एवम् मानवीय भावना र प्राकृतिक परिवेशको चित्रण गरिएको छ । वैचारिक मतभेद, दार्शनिक चिन्तन, पारिस्थितिक नारीवाद, उच्च मानवीय सम्बन्ध र प्रँकृतिक सौन्दर्यको आदर्श प्रतिबिम्बलाई पनि यस उपन्यासमा समेटिएको पाइन्छ । पोखरा आसपासको प्राकृतिक परिवेशलाई मुख्य आधार बनाएर लेखिएको यस उपन्यासमा वैचारिक द्वन्द्व तथा उच्च बौद्धिक मानवीय भावना प्रस्तुत गरिएको छ । काल्पनिक संसारको रूपमा पागल–बस्तीको सिर्जना गरी त्यस मार्फत् आदर्श मानव समाज निर्माणको चाहना प्रकट गरिएको छ । स्वैरकाल्पनिक यथार्थको माध्यमबाट सामाजिक सांस्कृतिक रूपान्तरण गरी सभ्य र विकसित राष्ट्रको निर्माणमा जोड दिनु नै यस उपन्यासको मुख्य उद्देश्य हो । अतः पर्यावरणीय महत्वका दृष्टिले यो उपन्यास उपयुक्त खालको रहेको छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License

This work is licensed under a Creative Commons Attribution-NonCommercial 4.0 International License.
This license enables reusers to distribute, remix, adapt, and build upon the material in any medium or format for noncommercial purposes only, and only so long as attribution is given to the creator.